このページの先頭ですサイトメニューここから
To main body

JLSC(Houterasu) is a public agency that assures the access to justice throughout the country.

本文ここから

सेवाहरूको जानकारी

हामी प्रयोगकर्ताको सोधपुछको आधारमा, कानुनी प्रणाली र परामर्श संगठन वा समूहहरू (स्थानीय बार एसोसिएसनहरू, न्यायिक लेखनदास एसोसिएसनहरू, स्थानीय सरकारहरू भित्रका काउन्सिलिङ काउन्टरहरू, इत्यादि) को बारेमा कुनै शुल्क नलिई जानकारी प्रदान गर्छौँ।

प्रयोगकर्ताहरूले कानुनी समस्याको सामना गरेको बेला यदि उनीहरू कसरी समाधान गर्ने, कोसँग परामर्श गर्ने थाहा छैन भने, वा उनीहरूका नजिकका मानिसहरू कानुनी समस्याको सामना गरिरहेका बेला उनीहरूलाई पनि यी कुराहरू थाहा छैन भने, हामी उनीहरूलाई समाधानको लागि मार्गदर्शन गर्छौं; वा भविष्यमा कानुनी समस्याबाट बच्न कानुनी प्रणालीको बारेमा पहिले नै जानकारी प्राप्त गर्न चाहने प्रयोगकर्ताहरूको लागि पनि जानकारी प्रदान गर्छौँ।

टेलिफोनद्वारा सोधपुछका लागि, हाम्रो कल सेन्टरमा विशेष अपरेटरहरू कार्यरत छन् जसले प्रयोगकर्ताहरूलाई आफ्नो समस्याहरू समाधान गर्न उपयोगी जानकारी सजिलै प्राप्त गर्न मदत गर्छन्। यदि प्रयोगकर्ताले विशेषज्ञसित भेटेर परामर्श गर्न चाहन्छन् भने देशभरका JLSC क्षेत्रीय कार्यालयहरूमा कार्यरत विशेषज्ञहरू मार्गदर्शन प्रदान गर्न तयार छन्।

(व्यापक कानूनी समर्थन अधिनियम ऐनको दफा 30, उपदफा 1, खण्ड 1)

Information Services in Nepali


サブナビゲーションここから

Goals and Operations


以下フッタです
Copyright © Houterasu All rights reserved.
フッターここまで
Page Top