नेपाली भाषा

पारिवारिक मामिला: मान्यता, बाल सहायता, भेटघाट, उत्तराधिकार आदि

कृपया सेवा प्रयोग गर्नुअघि ती प्रश्नहरू र तिनको जवाफ पढ्नुहोस्।

  • FAQ भनेको जापानमा कानुनी प्रणालीको एक सामान्य परिचय हो र त्यसमा खास व्यक्तिगत प्रश्नहरूको जवाफ दिइएको हुँदैन। यसका साथसाथै, तपाईंको व्यक्तिगत परिस्थितिका आधारमा जापानी कानुनी प्रणाली लागू नहुन सक्छ।
  • तपाईं यहाँ सूचीबद्ध नगरिएका कुनै "बारम्बार सोधिने प्रश्नहरू" छन् वा छैनन् भनी थाहा पाउन चाहनुहुन्छ वा आफ्ना विशेष आवश्यकताहरूबारे छलफल गर्न चाहनुहुन्छ भने कृपया बहुभाषिक सूचना सेवा (0570-078377) मा सम्पर्क गर्नुहोस्। यसले तपाईंलाई बारम्बार सोधिने प्रश्नहरूबारे जानकारी र तपाईंको सोधपूछको प्रकृतिका आधारमा परामर्श सेवाहरू प्रदान गर्ने छ।
  • कृपया बारम्बार सोधनि प्रश्नका आधारमा खास व्यक्तिगत समस्याहरू समाधान गर्न खोज्दा हुने कुनै पनि नोक्सानीहरूका लागि Houterasu लाई जिम्मेवार ठहराउन सकिँदैन भन्ने कुरा ध्यानमा राख्नुहोस्।

विषयवस्तुहरू

मान्यता

पारिवारिक मामिला आदि

बाल सहायता

भेटघाट

उत्तराधिकार

प्रश्न 01: “सम्बद्धताका लागि कार्यवाही” भनेको के हो?

  • यो एक प्रक्रिया हो जसमा बुवाले सम्बद्धता (पितृत्व) को मान्यता दिन सहमत नहुँदा पारिवारिक अदालतले त्यस्तो कानुनी मान्यता प्रदान गर्दछ।

(व्याख्या)
・सम्बद्वताका लागि कार्यवाही विवाह अगाडि जन्मिएका बच्चा र उनीहरूका वंशाणुगत वंशज (बालबालिका र नातिनातिना) द्वारा दायर गर्न सकिन्छ।
・विपक्ष अझै पनि जिउँदो हुनुहुन्छ भने, मुद्दा दायर गर्नुअघि पारिवारिक अदालतलाई मान्यताका लागि मेलमिलाप गराइदिन अनिवार्य रूपमा अनुरोध गर्नुपर्छ। पक्षहरूले मेलमिलापमार्फत सम्झौता गरे तापनि सम्बद्धताको मान्यता तत्कालै प्रदान गरिँदैन तर पारिवारिक अदालतले तथ्यहरूको छानबिन गरी सम्झौता व्यावहारिक भएको फेला पारेमा मात्र मान्यता प्रदान गरिन्छ।
・यदि मेलमिलापमार्फत कुनै पनि सम्झौता हुन नसकेमा, सम्बद्वताका लागि कार्यवाही पारिवारिक अदालतमा दायर गरिने छ।
・बुवाको जीवनकालमा जुनसुकै बेलामा सम्बद्धताका लागि कार्यवाही गर्न सकिन्छ तर उहाँको मृत्यु भएपछि, यो कार्य उहाँको मृत्यु भएको तीन वर्ष भित्रमा गरिएको हुनुपर्छ।
・यदि बुवा र बच्चा बीचको रगतको नाता कार्यवाहीमा प्रमाणित हुन्छ भने, अदालतले सम्बद्धताको मान्यता दिने फैसला जारी गर्ने छ।
・नजन्मिएको बच्चाको हकमा, आमाले बुवा विरुद्ध मेलमिलाप (नजन्मिएको बच्चाको मान्यताको दर्ता अनुरोध गर्ने मेलमिलाप) का लागि आवेदन दायर गर्न सक्नुहुन्छ। यद्यपि, मेलमिलाप असफल भएको खण्डमा कानूनको व्याख्या गरिन्छ, आमाले बच्चाको जन्म नहुँदासम्म मान्यताका लागि कार्यवाही दायर गर्न सक्नुहुन्न।

00139

प्रश्न 02: कानूनी रूपमा विवाह नगरेका जापानी बुवा र विदेशी आमाबाट जन्मेको बच्चाले जापानी राष्ट्रियता पाउन सक्छ?

  • आमा गर्भवती हुँदा (बच्चा जन्मिनुअघि) बुवाले सो बच्चा अपनाएमा, बच्चाले जन्म भएको समयदेखि नै स्वतः जापानी राष्ट्रियता पाउँछ।
  • कानूनी आवश्यकताहरू पूरा भएमा, बच्चाले सूचनाको माध्यमद्वारा जापानी नागरिकता पाउन सक्छ।
  • सूचनाको माध्यमद्वारा राष्ट्रियताको प्राप्ति स्वीकृत नभएमा स्वदेशीकरणका लागि आवेदन दिन सम्भव हुन्छ।

(व्याख्या)
・बुवा, एक जापानी नागरिकले जन्मिनुअघि नै बच्चालाई अपनाएमा, कानूनी रूपमा विवाह नगरेका पुरुष र महिलाबाट जन्मेको बच्चा (विवाहभन्दा अगाडि जन्मेको बच्चा) ले जन्मेको समयदेखि नै जापानी राष्ट्रियता पाउँछ।
・निम्न सबै कानूनी आवश्यकता पूरा भएमा राष्ट्रियताको प्राप्तिसम्बन्धी सूचना पेश गरेपछि विवाहभन्दा अगाडि जन्मेको बच्चाले जापानी राष्ट्रियता पाउन सक्छ।
(1) सूचनाको समयमा उनीहरू 18 वर्ष (*) भन्दा कम उमेरका छन्
(2) बच्चा जन्मेको समयमा बच्चालाई अपनाएको बुवा एक जापानी नागरिक हो
(3) सूचना गरेको समयमा बच्चालाई अपनाएको बुवा एक जापानी नागरिक हो (वा सूचना गर्नुअघि बुवाको मृत्यु भएमा मृत्युको समयमा उहाँ एक जापानी नागरिक हुनुहुन्थ्यो)
・ठेगाना जापानमा छ भने निवास गर्ने ठाउँमा क्षेत्राधिकारसहितको कानूनी मामिला ब्यूरो वा क्षेत्रीय कानूनी मामिला ब्यूरोमा वा ठेगाना विदेशमा छ भने जापानी कूटनीतिक नियोग विदेशमा राष्ट्रियता प्राप्तिको सूचना पेश गरिएको हुनुपर्छ।
・थप जानकारीका लागि, कानूनी मामिला ब्यूरो, क्षेत्रीय कानूनी मामिला ब्यूरो वा वकील जस्तो विशेषज्ञको परामर्श लिनुहोस्।

 

(*) अप्रिल 1, 2022 देखि लागू हुने गरी, (1) को सर्त 20 वर्षभन्दा मुनिकादेखि 18 वर्ष मुनिका उमेरकामा परिवर्तन गरिएको छ। यद्यपि, मार्च 31, 2024 सम्म, माथिका सर्त (2) र (3) अप्रिल 1, 2022 सम्म पूरा गरिएमा र सूचनाको समयमा प्रश्न भएको व्यक्ति 20 वर्षभन्दा कम उमेरको भएमा राष्ट्रियता प्राप्तिको सूचना पेश गर्न सम्भव हुन्छ।

03069

प्रश्न 03: मेरो विवाहित व्यक्तिसँग सम्बन्ध थियो र मेरो प्रेम सम्बन्ध भएको साझेदारको जीवनसाथीले क्षतिपूर्तिको माग गर्नुभयो। के यो दाबी स्वीकृत हुने छ?

  • सामान्य नियमअनुसार, क्षतिपूर्तिका लागि त्यस्ता दाबीहरू स्वीकृत हुने छन्। यद्यपि, तपाईं प्रेम सम्बन्धमा रहेको पार्टनरको विवाहले प्रेम सम्बन्ध सुरु भएको समयमा आफ्नो तत्त्व गुमाएको पहिचान गरिन्छ वा तपाईं प्रेम सम्बन्धमा रहेको पार्टनर विवाहित हुनुहुन्छ भनी तपाईंले पर्याप्त सावधानीबाट थाहा पाउन सक्नुभएन भने, क्षतिपूर्तिका लागि दाबी स्वीकार गरिने छैन।

(व्याख्या)
・विवाहित व्यक्तिसँग प्रेम सम्बन्ध राख्ने कार्य वयस्क पार्टनरको जीवनसाथी विरुद्ध क्षति हो र तसर्थ, क्षतिपूर्ति भुक्तानी गर्ने दायित्व लिनुपर्छ।
・यद्यपि, वयस्क साझेदार र उनीहरूको जीवनसाथीबीचको विवाहले पहिले नै प्रेम सम्बन्ध सुरु भएको समयमा आफ्नो तत्त्व गुमाएको छ भने, त्यसपछि क्षतिपूर्तिका लागि दाबी स्वीकृत गरिने छैन।
・यो कानूनी संरक्षणको हकदार विवाहको वास्तविक सम्बन्ध हराएको विचारमा आधारित छ।
・यसका साथै, पर्याप्त सावधानी (उदाहरण, विवाहित सम्बन्धमा रहेको पार्टनरले अर्को पक्षलाई आफू एकल भएको भ्रम फैलाउनुभयो भने) भए तापनि अर्को पक्ष विवाहित हुनुहुन्थ्यो भन्ने ज्ञात हुन सम्भव थिएन भने, त्यहाँ कुनै जानाजान वा अशिष्ट व्यवहार नभएको कारणले क्षति विवाहको उल्लङ्घनबाट निम्तिने छैन र त्यसकारण क्षतिपूर्तिका लागि दाबी स्वीकार गरिने छैन।

00134

प्रश्न 04: म जापानी हुँ, के मैले विदेशी राष्ट्रियता भएको बच्चा अपनाउन सक्छु?

  • जापानी नागरिक संहिताले अपनाइएको व्यक्तिको राष्ट्रियतामा कुनै प्रतिबन्ध लगाउँदैन, त्यसैले विदेशी राष्ट्रियता भएको बच्चालाई अपनाउन सम्भव छ।
  • यद्यपि, के कुरा बुझ्नु जरुरी छ भने तपाईंले विदेशमा गएर विदेशी राष्ट्रियता भएको बच्चा अपनाउनुभयो भने यसको अर्थ तपाईंले अपनाएको बच्चालाई जापानमा स्वतः निवास स्थिति प्रदान गरिने छ भन्ने हुँदैन।

(व्याख्या)
・बच्चा अपनाउने समयमा भावी दत्तक अभिभावकहरूको गृह राष्ट्रका कानूनहरूद्वारा उक्त अपनाउने प्रक्रिया नियन्त्रण गरिन्छ त्यसैले जापानमा निवास गर्ने व्यक्ति दत्तक अभिभावक हुँदा जापानी नागरिक संहिताका आधारमा निर्णय गरिन्छ। यद्यपि, “अपनाइने व्यक्ति” को गृह राष्ट्रका कानूनहरूले अपनाइएको बच्चाको सुरक्षाका लागि आवश्यकताहरू निर्धारण गर्छ (उदाहरणका लागि व्यक्ति वा तेस्रो पक्षको सहमति, सार्वजनिक एजेन्सीको अनुमति आदि) भने उक्त आवश्यकताहरू पनि पूरा गरिनुपर्छ।
・अभिग्रहणको अन्तिम रूप दिन अदालतको सम्लग्नता आवश्यक परेको खण्डमा (उदाहरणका लागि, नाबालक वा विशेष अभिग्रहण अपनाउँदा), दुरदर्शी दत्तक अभिभावक वा दुरदर्शी दक्तक-ग्रहण बच्चा मध्ये कोही (वा दुवै) जापानमा बसोबास गर्छन् भने जापानमा रहेको पारिवारिक अदालत प्रयोग गर्न सक्छन्।
・सामान्य नियमअनुसार, जापानमा विदेशी राष्ट्रियता भएको बच्चालाई निम्न अवस्थाहरूमा निवास स्थिति प्रदान गरिने छ।
(1) विशेषगरी दत्तक-ग्रहण गरिएको जापानी राष्ट्रियता भएको बच्चालाई: “जापानी नागरिकको जीवनसाथी वा बच्चा” को निवास स्थिति
(2) जापानी दत्तक आमाबुवाले सहारा दिएका छ वर्षभन्दा मुनिका सामान्य रूपमा दत्तक बच्चा: “दीर्घकालीन निवासी” को निवास स्थिति
(3) चीनबाट स्वदेश फर्किएका जापानी मानिसहरूका दत्तक बालबालिका (उनीहरू छ वर्षको हुनुभन्दा अगाडि देखि आफ्ना दत्तक आमाबुवाहरूसँग र उहाँहरूको सहारामा बसिरहेको अवस्थामा): “दीर्घकालीन निवासी” को निवास स्थिति
・दत्तक बच्चा नाबालक भएमा र “जापानी नागरिकको जीवनसाथी वा बच्चा” को निवास स्थिति भएको जापानमा बसोबास गर्ने विदेशी नागरिकले सहारा दिएको अविवाहित साख्खै बच्चा भएमा छ वा सोभन्दा बढी उमेरको सामान्य रूपमा दत्तक बच्चालाई विदेशी नागरिकको पहिलो सन्तानको रूपमा “दीर्घकालीन निवासी” को स्थिति प्रदान गर्न सकिन्छ।
・थप जानकारीको लागि, कृपया वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्। सम्बन्धित विदेशी राष्ट्रमा वकीलहरूलगायतका सँग परामर्श लिनुपर्ने हुन सक्छ, त्यसैले हामी तपाईंको वकीललाई यो कुरा आवश्यक हुने छ वा छैन भनी सोध्न सिफारिस गर्छौं।

00146

प्रश्न 05: मैले सम्बन्ध विच्छेदको समयमा बाल सहायताका सम्बन्धमा सम्झौता गरेको थिएनँ। सम्बन्ध विच्छेद भएको केही समय बितिसक्दा पनि के मैले अझै पनि बाल सहायता भुक्तानीहरू प्राप्त गर्न सक्छु? त्यसो भएमा, के मैले बाल सहायता भुक्तानीहरू फिर्ता पाउन सक्छु?

  • बच्चालाई सहायताको आवश्यकता भएसम्म, सम्बन्ध विच्छेद भइकसेपछि पनि बाल सहायताका लागि दाबी गर्न सकिन्छ।
  • केही अवस्थाहरूमा बाल सहायताका भुक्तानीहरू फेरि भुक्तानी गर्नु पर्ने दायित्व स्वीकार गरिएको हुन सक्छ तर पक्षहरू वार्तालाप गर्न वा सम्झौतामा पुग्न सक्नुहुन्न भने दायित्व कहिलेसम्म हुन्छ भन्ने कुरा अदालतको निर्णयमा हुन्छ। व्यवहारमा, दाबी गरेको समयपछि बाल सहायता प्रायः केही अवधिमा सीमित हुन्छ।

(व्याख्या)
・बाल सहायता भुक्तानी गर्नु पर्ने दायित्व आमाबाबुको संरक्षकत्वमा छ वा छैन वा बच्चासँग बस्नुहुन्छ वा बस्नुहुन्न भन्ने कुरालाई ध्यान नदिइकन अभिभावक-बच्चाको सम्बन्धबाटै उत्पन्न हुन्छ। सम्बन्ध विच्छेद भइसकेपछि पनि बच्चालाई सहायता आवश्यक भएसम्म अभिभावकहरू बाल सहायताका लागतहरू बाँडफाँडह गर्न बाँध्य हुन्छन्।
・आमाबुवाले बाल सहायतासँग सम्बन्धित प्रबन्ध नमिलाइकन सम्बन्ध विच्छेद गरेको अवस्थामा भुक्तानीको रकम, समय र विधि आमाबुवाबीचको छलफलमार्फत निर्धारण गरिने छ। यस छलफलका क्रममा बच्चाको इच्छा आकांक्षाहरूलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ।
・आमाबुवाहरू छलफल गर्न वा सम्झौता गर्न असक्षम हुनुभयो भने, उहाँहरू पारिवारिक अदालतबाट बाल सहायताको भुक्तानीका सम्बन्धमा मेलमिलाप वा न्यायिक निर्णय खोज्नु हुनु हुने छ। यदि बाल सहायताको फिर्ता भुक्तानीहरूका लागि दाबी गरिन्छ भने, फिर्ता भुक्तानी कति लामोसमयसम्म बनाउन सकिन्छ लगायत बाल सहायतासँग सम्बन्धित निर्णय पारिवारिक अदालतले गर्ने छ।
・यदि बाल सहायताको निश्चित समय र रकम भुक्तान गर्नुपर्ने छ भने, बाल सहायता दाबी गर्ने अधिकार भुक्तानीको समयदेखि पाँच वर्ष बितिसक्दा आदेशद्वारा समाप्त हुने छ। यद्यपि कुनै पनि सम्झौताको अनुपस्थितिमा बाल सहायताको फिर्ता भुक्तानीहरू सीमितताहरूको विधानसँग सम्बन्धित छैन।
・विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

00106

प्रश्न 06: हामीले बाल सहायताका सम्बन्धमा सम्झौता गर्यौँ, तर भुक्तानीहरू राखिएको छैन। मेरा लागि के-कस्ता कानूनी विकल्पहरू उपलब्ध छन्?

  • मेलमिलाप वा न्यायिक निर्णयमार्फत सम्झौता भएका खण्डमा, कार्यसम्पादनको सिफारिस, कार्यसम्पादनको आदेश र अनिवार्य कार्यान्वयनका विकल्पहरू उपलब्ध छन्।
  • अनिवार्य कार्यान्वयनको स्वीकृतिको कथनसँग लेख्य कागजातद्वारा सम्झौता गरिन्छ भने अनिवार्य कार्यान्वयनको विकल्प उपलब्ध हुन्छ।

(व्याख्या)
・पक्षहरूबीच गरिएका मौखिक वा लिखित सम्झौताहरूको आधारमा मात्र भुक्तानी कानूनी रूपमा प्रवर्तन गर्न सकिँदैन। यस्तो अवस्थामा, बाल सहायता भुक्तानीहरूका लागि अनुरोध गर्न मेलमिलापका लागि पारिवारिक अदालतमा आवेदन दिन सकिन्छ।
・मेलमिलाप वा न्यायिक निर्णय पहिले नै पारिवारिक अदालतमा भइसकेको छ भने, सम्झौताअनुसार बाल सहायताको भुक्तानी सुरक्षित गर्ने दुईवटा तरिका छन्: पारिवारिक अदालतमा दायर गरिएको कार्यसम्पादनको सिफारिस, कार्यसम्पादनको आदेशका लागि अनुरोध र डिस्ट्रिक्ट अदालतमा दायर गरिएको अनिवार्य कार्यान्वयनका लागि अनुरोध। अनिवार्य कार्यान्वयनको स्वीकृतिको कथनसँग लेख्य कागजात नोटरी पब्लिक अफिसमा तयार गरिन्छ भने, अनिवार्य कार्यान्वयन मात्र प्रयोग गर्न सकिन्छ।
・कृपया कार्यसम्पादनको सिफारिस, कार्यसम्पादनको आदेशका कार्यविधिहरूका लागि मेलमिलाप वा न्यायिक निर्णय कहाँ गरिएको थियो भन्ने कुरा पारिवारिक अदालतसँग जाँच गर्नुहोस्। अनिवार्य कार्यान्वयनका कार्यविधिहरूका लागि, कृपया अन्य पक्षको ठेगानामाथि क्षेत्राधिकार भएको डिस्ट्रिक्ट अदालतसँग जाँच गर्नुहोस् (रियल स्टेटको अनिवार्य कार्यान्वयनका लागि, रियल स्टेटको स्थानमाथि क्षेत्राधिकार भएको डिस्ट्रिक्ट अदालत)।
・कस्तो विधि छनोट गर्ने, त्यहाँको टाइमिङ र तपाईंको विशिष्ट मामिलासँग सान्दर्भिक हुने अन्य निर्णयहरूबारे वकीलसँग परामर्श लिन सिफारिस गरिन्छ।

00107

प्रश्न 07: बाल सहायतामा कटौती गर्नका लागि अनुरोध गर्न सम्भव छ?

  • बाल सहायताको मात्रा निर्धारित गरिएको समयमा पूर्वज्ञात नहुन सक्ने व्यक्तिगत वा सामाजिक परिस्थितिहरूमा परिवर्तनहरू हुन्छन् र हालको बाल सहायताको मात्राले अब उपरान्त हालको अवस्थालाई प्रतिबिम्बित गर्दैन भने, बाल सहायताको मात्रामा कटौतीको अनुरोध गर्न सकिन्छ।

(व्याख्या)
・सहायताको मात्रा वा विधि सहायताका लागि आवश्यकता, सहायताका लागि जिम्मेवार व्यक्तिका वित्तिय माध्यम र सबै अन्य परिस्थितिहरूलाई मध्यनजर गर्दै निर्धारण गरिने छ।
・न्यायिक निर्णयमार्फत बाल सहायतामा सहमति जनाएपछि वा स्वीकृत गरेपछि, आमाबुवाहरूका वित्तीय परिस्थितिहरूमा परिवर्तन वा बाल सहायता खर्चहरूमा वृद्धि जस्ता परिस्थितिहरूमा अनपेक्षित परिवर्तनहरू हुन्छ भने, पारिवारिक अदालतले बाल सहायता परिमार्जन वा रद्द गर्न सक्छ।
・बाल सहायताको मात्रा निर्धारण गरिएको समयमा पनि केही हदसम्म पूर्वाभासी भएका परिस्थितिहरूमा परिवर्तनहरूलाई बाल सहायताको मात्रा परिवर्तन गर्नुपर्ने परिस्थितिहरूमा परिवर्तनहरू मानिँदैन।
・बाल सहायताको मात्रा निर्धारण गरिएको समयमा पूर्वज्ञात नहुन सक्ने परिस्थितिहरूका परिवर्तनहरूमा आमाबुवा काम गर्ने कम्पनीको दिवालियापनको कारणले हुने बेरोजगारी, आमाबुवाको बिमारी वा चोटपटकको कारणले विस्तारित अस्पताल भर्ना वा आमाबुवाको पुनः विवाहपछि बढ्दो जीवनयापनका खर्चहरू समावेश हुन्छन्।
・माथि वर्णन गरिएअनुसार परिस्थितिहरूमा परिवर्तन भएको छ भने आमाबुवा उक्त परिवर्तनले गर्दा परिस्थितिहरूमा भएको परिवर्तनका कारण बाल सहायताको रकममा पनि परिवर्तन हुनु जरुरी छ भन्ने आधारमा आपसी सम्झौता, मेलमिलाप वा न्यायिक निर्णयमार्फत बाल सहायतामा कटौती गरिदिन अनुरोध गर्न सक्छन्।
・बच्चालाई अर्को व्यक्तिले अपनाएको छ भने, बच्चा हुर्काउने खर्च वहन गर्ने प्राथमिक दायित्व दत्तक अभिभावकको हुने छ र कटौतीको अनुरोध स्वीकार गर्न सकिने छ।
・विवरणहरूका लागि वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्।

00104

प्रश्न 08: म मेरो बालबालिका(हरू) सँग भेट्न चाहन्छु, मैले के गर्नुपर्छ?

  • सम्बन्ध विच्छेदपछि वा आमाबुवा अलग बस्दै गर्दा, बच्चासँग भेटघाटसम्बन्धी विषयहरू आमाबुवाबीच छलफल गरेर निर्णय गर्नुपर्छ। यदि छलफल राम्रो भएन भने, वा यदि आमाबुवालाई वाचाअनुसार भेट्न अनुमति छैन भने, पारिवारिक अदालत मेलमिलापको प्रक्रिया प्रयोग गर्न सकिन्छ।

(व्याख्या)
・बच्चासँग भेटघाट आमाबुवाहरूका अधिकारहरूको दृष्टिकोणबाट नहेरेर बच्चामा भार राख्न रोक्नका लागि उच्च प्राथमिकता दिँदै बच्चाका उत्कृष्ट हितहरूको साथमा बच्चाको कल्याणको दृष्टिकोणबाट हेर्नुपर्छ।
・भेटघाटको विधि बारम्बारता, समय र स्थानका सर्तहरूमा सम्भव भएसम्म विशिष्ट हुनुपर्छ।
・छलफलमार्फत सहमति हुन सकेन वा आमा वा बुवामध्ये कसैलाई वाचागरिएअनुसार भेटघाट गर्ने अनुमति दिइएन भने पारिवारिक अदालतमा मेलमिलापका लागि अनुरोध गर्न सकिन्छ। मेलमिलापको प्रक्रिया पनि असफल रहेमा न्यायिक निर्णयको प्रक्रिया स्वतः प्रारम्भ हुने छ र न्यायधीशले सम्पूर्ण परिस्थितिहरू ध्यानमा राख्दै भेटघाट गर्ने विधि (“बच्चाको अभिरक्षासँग सम्बन्धित प्रकृति”) का सम्बन्धमा निर्णय गर्नु हुने छ।
・विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

 

*अन्तर्राष्ट्रिय विवाह तोडेपछि एउटा आमाबुवाले अर्को आमाबुवाको सहमतिबिना विवाहबाट हटाएर आफ्नो गृह राष्ट्रमा लैजाँदा, यसले बच्चाका अघिल्लो जीवनयापनका अवस्थाहरूमा अकस्मात र असभ्य परिवर्तनको कारणले बच्चामा हानिकारक प्रभाव पर्न सक्छ। यस समस्याबारे थप जानकारीका लागि, कृपया हेग सम्मेलन (अन्तर्राष्ट्रिय बाल अपहरणका नागरिक पक्षहरूको सम्मेलन) बारे बारम्बार सोधिने प्रश्न हेर्नुहोस्।

00116

प्रश्न 09: मेरो पूर्व जीवनसाथीले बाल सहायता भुक्तानी गर्नु हुने छैन। मेरो पूर्व जीवनसाथीले बाल सहायताका लागि भुक्तानी नगरेतापनि मैले उसलाई भेटघाट गर्न दिनुपर्छ?

  • बाल सहायता भुक्तानीहरू र भेटघाट क्विड प्रो क्युओ आधारमा उपलब्ध गराइँदैन। तसर्थ, बाल सहायता भुक्तानीहरूको कमीको कारणले भेटघाट गर्ने अनुमति अस्वीकार गर्ने वा भेटघाटको कमीको कारणले बाल सहायता भुक्तानी गर्न अस्वीकार गर्ने स्वीकार्य हुँदैन।
  • यद्यपि, बाल सहायता भुक्तानीहरू मान्य कारणबिना गरिँदैन भने, भेटघाट प्रतिबन्धित गर्न सकिन्छ।

(व्याख्या)
・बाल सहायता र भेटघाटको दुवै भुक्तानी बच्चाको स्वस्थकर पालन-पोषणका लागि अत्यावश्यक हुन्छ। यी दुई मध्ये कुनै पनि क्विड प्रो क्युओ आधारमा सञ्चालन गरिँदैन — अर्थात्, एउटाको प्रावधान अर्काको प्रावधानमा प्रासङ्गिक हुँदेन्।
・तसर्थ, पूर्व जीवनसाथीले बाल सहायता भुक्तानीहरू भुक्तानी नगरेको कारणले भेटघाटको अनुमति दिन अस्वीकार गर्ने वा भेटघाटको कमीको कारणले पूर्व जीवनसाथीलाई बाल सहायता भुक्तानी गर्न अस्वीकार गर्ने स्वीकार्य हुँदैन।
・यद्यपि, विवादमा रहेको आमाबुवासँग बाल सहायताका लागि भुक्तानी गर्ने वित्तिय माध्यमहरू भए तापनि उक्त भुक्तानी नगर्ने जस्ता मान्य कारणबिना बाल सहायताका लागि भुक्तानी नगरेका मामिलाहरूमा भेटघाट प्रतिबन्धित गर्नुपर्छ भन्ने दृष्टिकोण छ। बाल सहायता भुक्तानी गर्ने महत्वपूर्ण अभिभावकीय जिम्मेवारी पूरा गर्न असफल हुँदा भेटघाटको माग गर्ने कुरालाई अधिकारहरूको दुरुपयोगको रूपमा हेरिन्छ।
・कृपया विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

04677

प्रश्न 10: कानूनी उत्तराधिकारी भनेको के हो?

  • उत्तराधिकारीहरू हुनका लागि सक्षम भनी नागरिक संहिताद्वारा परिभाषित गरिएका उत्तराधिकारीहरूलाई कानूनी उत्तराधिकारीहरू भनिन्छ।

(व्याख्या)
・कानूनी उत्तराधिकारीहरू दुई प्रकारका हुन्छन्: जीवनसाथी र रगतका नातेदारहरू।
・जीवनसाथी सधैँ नै उत्तराधिकारी हुनुहुन्छ।
・रगतका नातेदारहरू अग्रताको क्रमानुसार मूल्याङ्कन गरिन्छ र जो पहिलो हुनुहुन्छ उहाँ नै उत्तराधिकारी हुनुहुन्छ।
पहिलो उत्तराधिकारी मृतकका बालबालिकाहरू हुन्छन्। बच्चाको मृत्यु भयो भने उनीहरूका शाखासन्तान (बालबालिका, नाति/नातिना, पनाती/पानातिनी आदि) को आधारमा उत्तराधिकारीहरू हुन्छन्
・दोस्रो उत्तराधिकारी मृतकको वंशाणुगत अभिभावकहरू (मृतकका अभिभावकहरू आदि) हुन्छन्।
・तेस्रो उत्तराधिकारी मृतकका सहोदरहरू हुन्छन्। सहोदरहरूको मृत्यु भएको छ भने उनीहरूका शाखासन्तान (बालबालिकामा सीमित छन्। नाति/नातिना, पनाती/पानातिनी आदि समावेश हुँदैनन्) को आधारमा उत्तराधिकारीहरू हुन्छन्

00219

प्रश्न 11: सम्पत्ति विभाजन गर्ने प्रक्रियाहरू के-के हुन्?

  • निम्न चार वटा प्रक्रिया उपलब्ध छन्।
  1. वसियतनामाअनुसार सम्पत्तिको विभाजन
  2. उत्तराधिकारीहरूबीचको सम्पत्ति परस्पर सम्झौताको विभाजन
  3. पारिवारिक अदालतमा भएको मेलमिलापअनुसार सम्पत्तिको विभाजन
  4. पारिवारिक अदालतको न्यायिक निर्णयअनुसार सम्पत्तिको विभाजन

(व्याख्या)
・सम्पत्तिको विभाजन भनेको उत्तराधिकारीहरूबीच संयुक्त रूपमा पैतृक सम्पत्ति विभाजन गर्ने प्रक्रिया हो।
・उत्तराधिकारको हक सुरु भएपछि मात्र उत्तराधिकारको हक र उत्तराधिकारीको क्षेत्र निर्धारण हुने भएकाले यो प्रभावकारी हुने एक मात्र उपाय भनेको उत्तराधिकारको हक सुरु गरेपछि उत्तराधिकारीले पहुँच गरेको सम्झौता हो । त्यसकारण उत्तराधिकारको हक सुरु गर्नुअघि सम्पत्तिको विभाजनमा (मृतकको जीवनकालको अवधिमा) सम्झौता अवैध छ।
・संयुक्त उत्तराधिकारीहरू सम्पत्तिको विभाजनका सम्बन्धमा सम्झौतामा पुग्न असमर्थ छन् वा तिनीहरू वार्तालाप गर्न असमर्थ छन् भने कुनै पनि उत्तराधिकारीले पारिवारिक अदालतमा मेलमिलाप वा न्यायिक निर्णयका लागि आवेदन दिन सक्छन्।
・मेलमिलाप भनेको घरेलु सम्बन्ध मेलमिलाप आयुक्तसँग छलफलमार्फत विभाजनको विधि निर्धारण गर्ने प्रक्रिया हो।
・न्यायिक निर्णय एक कार्यविधि हो जसमा अदालतले सम्पत्ति कसरी विभाजन गर्ने भन्नेबारे बाध्यकारी निर्णय गर्छ।
・सुरुदेखि नै मुद्दाका दायर गरिदिन अनुरोध गर्न सकिने भए तापनि न्यायिक निर्णयको प्रक्रियमा जानुअघि सर्वप्रथम मेलमिलापका लागि अनुरोध दायर गर्नु सामान्य प्रक्रिया मानिन्छ।
・मिलमिलापका लागि अनुरोध अर्को पक्ष (संयुक्त उत्तराधिकारी मध्ये एक) को ठेगानामा वा पक्षहरूद्वारा सहमत भएको पारिवारिक अदालतमा गरिन्छ।
・न्यायिक निर्णयका लागि अनुरोध पारिवारिक अदालतमा गरिन्छ जसमा उत्तराधिकार सुरु भएको ठाउँ (मृतकको बसोबासको अन्तिम स्थान) वा पक्षहरूद्वारा सहमत भएको पारिवारिक अदालतमा अधिकार क्षेत्र हुन्छ।

00264

प्रश्न 12: मैले परिवारका मृत्यु भइसकेका कुनै सदस्यको वसियतनामा फेला पारेँ। मैले उत्तराधिकार हकका कार्यविधिहरू पूरा गर्न के गर्नुपर्छ?

  • तपाईं वसियतनामाको मृत लेख प्रमाणपत्रका लागि पारिवारिक अदालतमा निवेदन दायर गर्नु पर्ने छ।
  • वसीयतनानाको विषयमा निर्भर रहेर, यो एक कार्यकारी नियुक्त गर्नुपर्ने हुन सक्छ।

(व्याख्या)
・नोटरी गरिएका वसियतनामा बाहेक वसियतनामाको संरक्षकले उत्तराधिकारको हक सुरु भएको थाहा पाएपछि वा उत्तराधिकारीले वसियतनामा पाएपछि, उनीहरूले तुरुन्तै पारिवारिक अदालतमा पेश गर्नुपर्छ र यसको प्रोबेटका लागि अनुरोध गर्नुपर्छ।
・विशेषगरी नोटरी गरिएका वसियतनामा बाहेक, वसियतनामालाई पारिवारिक अदालतद्वारा प्रोबेट नगरिएसम्म अचल सम्पत्तिको दर्ताका लागि संलग्न कागजातको रूपमा प्रयोग गर्न सकिँदैन।
・कानूनी मामिला ब्यूरोमा वसियतनामाको संग्रहसम्बन्धी ऐन (वसियतनामाको संग्रहसम्बन्धी ऐन) (जुलाई 10, 2020) को प्रभावकारी मितिपछि कानूनी मामिला ब्यूरोमा राखिएको वसियतनामालाई प्रोबेट गर्नुपर्दैन।
・प्रोबेट प्रक्रियाले वसियतनामालाई मात्र प्रमाणित गर्छ र यसको मान्यता, जस्तै यसका सामग्रीहरूको सत्यता निर्धारण गर्दैन। त्यसैले, वसियतनामाको मान्यता वा अमान्यताका बारेमा विवादहरूको फैसला अदालतमा गरिने छ।
・सम्पत्तिका वसीयतहरू जस्ता वसियतनामाका सर्तहरू कार्यान्वयन गर्न, अनुमानित उत्तराधिकारीहरू हटाउन र सम्बद्धता पहिचान गर्न निर्वाहकको कार्य आवश्यक पर्छ। निर्वाहकका लागि वसियतनामा उपलब्ध नगराएमा, नियुक्तिका लागि पारिवारिक अदालतमा अनुरोध गरिने छ।

00289

प्रश्न 13: उत्तराधिकारको हक त्याग गर्नु भनेको कस्तो प्रकारको प्रक्रिया हो?

  • उत्तराधिकारको हक त्याग गर्नु भनेको उत्तराधिकारीले मृतकका अधिकार तथा कर्तव्यहरू लिन अस्वीकार गर्ने अभिप्रायको घोषणा हो र यो प्रक्रिया पारिवारिक अदालतमा हुन्छ।

(व्याख्या)
・उत्तराधिकारको हक सुरु भएको र अनुरोध स्वीकार गरिएको तीन महिनाभित्र मृतकको अन्तिम ज्ञात ठेगानाको क्षेत्राधिकारमा रहेको पारिवारिक अदालतमा लिखित अनुरोध पठाएपछि उत्तराधिकार हकको त्यागका लागि अनुमति दिइन्छ। तर पनि, कानूनमा औपचारिक स्वीकार्यताले त्यागको वैधता पुष्टि गर्दैन भनेर व्याख्या गरिएको छ र अवैधताका लागि कानूनी कारक भएमा पछि अभियोग चल्दा वैधताका लगि दाबी गर्न सकिन्छ।
・तीन महिनाभित्र निर्णय गर्न सकिएन भने, पारिवारिक अदालतमा समय सीमा बढाउनका लागि निवेदन दायर गर्न सकिन्छ।
・ऋणदाताले उत्तराधिकारको हक सुरु भएको केही समयपछि दाबी गरेमा र त्यस समयमा पहिलो पटक मृतकको ऋण भएको कुरा थाहा भएमा, उत्तराधिकारको हक सुरु भएको तीन महिना बितिसकेको भएपनि उत्तराधिकार हकको त्यागका लागि अनुमति दिन सकिन्छ।
・व्यक्तिले आफ्नो उत्तराधिकारको हक त्याग गरेमा, उनीहरूलाई कहिल्यै पनि पहिलो स्थानमा उत्तराधिकारी भएको मानिँदैन। उत्तराधिकारको हक त्याग गर्ने व्यक्तिका वंशाणुगत वंशज (बालबालिक, नातिनातिना, आदि) शाखासन्ताको आधारमा उत्तराधिकारको हकदार हुने छैनन्।
・उत्तराधिकारको हक त्याग गरेपछि, उत्तराधिकारको कानूनी क्रममा अर्को व्यक्ति उत्तराधिकारी बन्छ। उदाहरणका लागि, मृतकका सबै बालबालिकाले आफ्नो उत्तराधिकारको हक त्याग्छन् भने वंशाणुगत अभिभावक (आमाबुवा, आदि) उत्तराधिकारी बन्छन्। यसका साथै, सबै वंशाणुगत अभिभावकले उत्तराधिकारको हक त्याग्छन् भने मृतकका सहोदरहरू उत्तराधिकारी बन्छन्। यसका साथै, मृतकको जीवनसाथी सधैँ उत्तराधिकारी रहिरहन्छ।
・उत्तराधिकारको हकमा ऋण तिर्न नसक्ने भएमा, यी सबै मानिसले ऋणबाट बच्नका लागि आफ्नो उत्तराधिकारको हक त्याग्नुपर्छ।

00210

प्रश्न 14: उत्तराधिकार हकको त्याग कहिले गर्नुपर्छ?

  • आफ्नो तर्फबाट उत्तराधिकारको हक सुरु भएको थाहा पाएको तीन महिनाभित्र उत्तराधिकार हकको त्याग गरिसक्नुपर्छ। यसलाई “विचारविमर्श अवधि” भनिन्छ।

(व्याख्या)
・”तपाईंको पक्षमा उत्तराधिकारको हक सुरु भएको हो भनेर तपाईं जानकार भएको समय” भनेको तपाईंले मृतक (मृत्यु भएको व्यक्ति) को मृत्युका बारेमा थाहा पाउनु हो। यद्यपि अग्रताको क्रममा कोही उच्च व्यक्तिद्वारा त्याग गरिएको कारणले कुनै व्यक्ति उत्तराधिकारी बनेको अवस्थामा (उदाहरणका लागि मृतकको बालबालिकाले उत्तराधिकारको हक त्याग गरेका कारणले मृतकका अभिभावकहरू उत्तराधिकारी बनेमा), यो समय भनेको तपाईं अग्रताको क्रममा कोही उच्च व्यक्तिद्वारा त्याग गरिएको कुरा पनि जानकार हुने समय हो।
・विचारविमर्शको अवधिमा, उत्तराधिकारको हक त्यागका लागि लिखित अनुरोध मृतकको पछिल्लो ज्ञात ठेगानाको क्षेत्राधिकारमा भएको पारिवारिक अदालतमा पेश गर्नुपर्छ। पारिवारिक अदालतद्वारा अनुरोध स्वीकार गरिन्छ भने उत्तराधिकार हकको त्यागको अनुमति दिइन्छ।
・एकभन्दा धेरै उत्तराधिकारी भएको अवस्थामा प्रत्येक उत्तराधिकारीका लागि विचारविमर्शको तीन महिने अवधि छुट्टाछुट्टै अगाडि बढाइने छ।
・उत्तराधिकारीहरूका साथमा, विचारविमर्शको यो तीन-महिने अवधि इच्छुक पक्षहरूको अनुरोधमा विस्तार गर्न सकिन्छ (उदाहरणका लागि, उत्तराधिकारीहरूको ऋणदाता, अग्रताको क्रममा अर्को उत्तराधिकारीहरू, ऋणी र मृतकका ऋणीहरू)।
・”तपाईंको पक्षमा उत्तराधिकारको हक सुरु भएको हो भनेर तपाईं जानकार भएको समय” बाट तीन महिना बितेको भएपनि, तपाईं अझै पनि असाधारण अवस्थाहरूमा उत्तराधिकारको हक त्यागका लागि अनुरोध गर्न सक्नुहुन्छ।
・कर्जा तथा अन्य दायित्वलगायत कुनै पनि उत्तराधिकार हक छैन भनी विश्वास गर्ने उचित आधारहरू भएमा उत्तराधिकारीलाई सबै वा आंशिक उत्तराधिकार हकबारे थाहा भएको वा उत्तराधिकारीलाई सोबारे सामान्य रूपमा थापा हुने समयदेखि विचारविमर्शको तीन महिने अवधि गणना गर्नुपर्ने सर्वोच्च अदालतले आधिकारिक निर्णय स्थापित गरेको छ।

00212

प्रश्न 15: वर्षौँदेखि जापानमा बसोबास गरेका एकजना विदेशी नागरिकको मृत्यु भयो तर जापानमा उहाँको सम्पत्ति छ। मैले उत्तराधिकार हकको प्रक्रियालाई कसरी अगाडि बढाउने?

  • यदि मृतक, एक विदेशी नागरिक मृत्य हुँदा जापानमै हुनुहुन्थ्यो भने, त्यसका प्रक्रियाहरू जापानको अदालत (पारिवारिक अदालत) मा गर्न सकिन्छ।
  • सामान्य नियमअनुसार, सो फैसला मृतकको गृह राष्ट्रका कानूनहरूमा आधारित हुने छ तर त्यहाँ त्यस्तो फैसला जापानी कानून (जापानी नागरिक संहिता) मा आधारित हुने केसहरू छन्।

(व्याख्या)
・कुन-कुन देशका अदालतहरूले प्रक्रियाहरू बढाउन सक्छन् र नियामक कानूनका हुन् र कुन-कुन देशका कानूनहरूले फैसला नियन्त्रण गर्नुपर्छ भन्ने जस्ता अन्तर्राष्ट्रिय क्षेत्राधिकारका मामिलाहरू उत्पन्न हुन सक्छन्।

 

<<अन्तर्राष्ट्रिय क्षेत्राधिकार>>
・मृत्युको समयमा मृतक जापानमै हुनुहुन्थ्यो भने, जापानको अदालत (पारिवारिक अदालत) सँग उत्तराधिकार हकको त्यागसम्बन्धी मामिला हेर्ने अधिकार हुने छ।
・मृत्युको समयमा मृतक जापानमै हुनुहुन्थ्यो वा उत्तराधिकारीहरूले जापानको अदालतमा सम्पत्ति बाँडफाँड गर्न सहमति जनाउँछन् भने, जापानको अदालत (पारिवारिक अदालत) सँग सम्पत्तिको बाँडफाँडमा अधिकार हुने छ।
・यद्यपि, विदेशमा सम्पत्ति पनि भएका अवस्थाहरूमा, जापानमा सम्पन्न भएको सम्पत्तिको विभाजनसम्बन्धी मेलमिलाप वा न्यायिक निर्णयका आधारमा उत्तराधिकारको हक विदेशमा कार्यान्वयन गर्न सकिन्छ वा सकिँदैन भन्ने प्रश्न उठ्छ। जापानी अदालत (पारिवारिक अदालत) मा सम्पत्तिको विभाजनमा अगाडि बढ्न उपयुक्त छ वा छैन भनी ध्यानपूर्वक विचार गर्न आवश्यक छ।

 

<<नियामक कानून>>
・जापानको निजी अन्तर्राष्ट्रिय कानून (कानूनहरूको प्रयोगका लागि सामान्य नियमहरूसम्बन्धी ऐन) अनुसार, उत्तराधिकारको हक मृतकको गृह राष्ट्रको कानूनद्वारा नियन्त्रण गरिन्छ र त्यसैले विदेशी मृतकको गृह राष्ट्रको कानून नियामक कानून हो। उदाहरणका लागि, विदेशी मृतक कोरिया गणतन्त्रको नागरिक थियो भने, सामान्य नियमानुसार, कोरियाली कानून (गणतन्त्र कोरियाको नागरिक संहिता) नियामक कानून हुने छ।
・केही अवस्थाहरूमा, यद्यपि, मृतकको गृह राष्ट्रको निजी अन्तर्राष्ट्रिय कानूनमा फरक प्रावधानहरू हुन सक्छन् र जापानी कानून (जापानको नागरिक संहिता) नियामक कानून हुने छ। उदाहरणका लागि, चीनको निजी अन्तर्राष्ट्रिय कानून (विदेशी सम्पर्कहरूसँग नागरिक सम्बन्धहरूमा कानूनको प्रयोगका सम्बन्धमा जनवादी गणतन्त्र चीनको ऐन) अनुसार, “अचल सम्पत्तिको स्थानको कानून अचल सम्पत्तिको कानूनी उत्तराधिकारको हकमा लागू हुने छ।” त्यसकारण, कुनै चिनियाँ राष्ट्रियता भएको विदेशी वसियतनामाविना नै मृत्यु भयो भने, जापानी कानून (जापानी नागरिक नियम) जापानमा अवस्थित अचल सम्पत्तिको उत्तराधिकारको हकको सम्बन्धमा नियामक कानून हुने छ।
・माथि उल्लेख गरिएअनुसार, अन्तर्राष्ट्रिय कारकहरूसहित उत्तराधिकारको हकका मुद्दाहरू जटिल छन्, त्यसैले कृपया वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्। सम्बन्धित विदेशी राष्ट्रमा वकीलहरूलगायतका सँग परामर्श लिनुपर्ने हुन सक्छ, त्यसैले हामी तपाईंको वकीललाई यो कुरा आवश्यक हुने छ वा छैन भनी सोध्न सिफारिस गर्छौं।

03076

प्रश्न 16: म एक विदेशी नागरिक हो तर गएको वर्षभन्दा अघिल्लो वर्ष मैले मेरो जापानी जीवनसाथीसँग विवाह गरेँ र हामी सँगै बस्यौँ। म जापानको जीवनमा घुलमिल भइसकेको थिएँ र खुसीसाथ जीवनयापन गरिरहेको थिएँ तर अर्को दिन, मेरो जीवनसाथीको अचानक मृत्यु भयो। मेरो हालको निवास स्थिति “जापानी नागरिकको जीवनसाथी वा बच्चा” हो। म जापानमा बसोबास जारी राख्न सक्छु?

  • तपाईं वा कुनै नातेदारसँग बस्ने व्यक्तिको मृत्यु हुन्छ भने, तपाईंले मृत्यु भएको सात दिनभित्रमा नगरीय सरकारलाई मृत्यु भएको सूचना पेश गर्नुपर्छ।
  • यसका साथै तपाईंको जापानको जीवनसाथीको मृत्यु हुन्छ भने, तपाईं अबदेखि “जापानी नागरिकको जीवनसाथी, आदि” रहनुहुन्न र तपाईंले 14 दिनभित्रमा क्षेत्रीय अध्यागमन ब्यूरोलाई सूचित गराउनुपर्छ।
  • तपाईं जापानमै बस्न जारी राख्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो जीवसाथीको मृत्यु भएको छ महिनाभित्रमा आवश्यकताहरू पूरा गर्ने विश्वास भएको स्थानमा आफ्नो निवासको स्थिति परिवर्तन गर्नु पर्ने हुन्छ।

(व्याख्या)
・“जापानी नागरिकको जीवनसाथी वा बच्चा” को स्थितिसहित जापानमा बस्ने विदेशी नागरिकको जापानी जीवनसाथीको मृत्यु भएमा, सो विदेशी नागरिकले जीवनसाथीको मृत्यु भएको 14 दिनभित्रमा क्षेत्रीय अध्यागमन ब्यूरोमा गएर वा टोकियो क्षेत्रीय अध्यागमन ब्यूरोमा पत्राचारद्वारा सूचना पठाएर न्याय मन्त्रीलाई जानकारी गराउनुपर्छ। त्यसो गर्न असफल भएमा तपाईंको निवासको स्थिति गुमाउन सक्नुहुन्छ, त्यसैले कृपया उचित ध्यान पुर्‍याउनुहोस्।
・तपाईं जापानमा बस्न जारी राख्न चाहनुहुन्छ भने, तपाईंले छ महिनाभित्रमा निवासको स्थिति परिवर्तन गर्नका लागि आवेदन दिनुपर्छ।
・तपाईं लामो समयदेखि जापानमा बस्दै हुनुहुन्छ (उदाहरण, विवाह भएको तीन वर्षभन्दा बढी समय भयो) र आफ्नो आजीविकाका लागि ठोस आधार छ भने, तपाईं आफ्नो निवासको स्थितिलाई “दीर्घकालीन निवासी” को रूपमा परिवर्तन गर्न सक्नुहुन्छ तर यस्तो अवस्थामा तपाईं जापानमा तीन वर्षभन्दा कम समयदेखि बस्दै आएकाले तपाईंलाई आफ्नो निवासको स्थिति परिवर्तन गर्न र जापानमा बसोबास जारी राख्न गाह्रो हुने छ।
・तर पनि, यदि तपाईंले निश्चित आवश्यकताहरू पूरा गर्नुहुन्छ, जस्तै तपाईंको मृतक श्रीमानबाट बालबालिका छन् र उनीहरूलाई सहायता गर्न आवश्यक पर्छ भने, तपाईंलाई आफ्नो निवासको स्थितिलाई “दीर्घकालीन निवासी” को रूपमा परिवर्तन गर्न अनुमति दिइने छ।
・अन्य अपरिहार्य परिस्थितिहरू छन् भने, कृपया अध्यागमन ब्यूरोमा गई परामर्श लिनुहोस्।

03803