Site Search
नेपाली भाषा
विदेशीहरूको लागि कानुनी जानकारी(नेपाली भाषा)
विषयवस्तुमा आधारित रही समस्या समाधान का लागि उपयोगी जापानको कानुनी प्रणाली अथवा वकिल सङ्घको नि:शुल्क परिचय गर्दछौं ।
कल कसरी गर्ने
- सर्वप्रथम, 0570-078377 (होउतेरस बहुभाषी जानकारी सेवा) मा फोन गर्नुहोस् (फोन शुल्क लागु हुनेछ)
IP फोन या प्रिपेड सेल फोन प्रयोग गर्दा कृपया 050-3754-5430 मा कल गर्नुहोला ।
जापान बाहिर बस्नेहरू का लागि:हेग कन्भेन्सन बाहेक का सामान्य कानुनी समस्या को सन्दर्भ मा ,होउतेरसु सँग ,विदेशमा बस्नेहरु ले प्रयोग गर्न सक्ने जापान भित्र का परामर्श केन्द्र को बारेमा कुनै जानकारी छैन। - अनुवादकलाई, तपाईँको समस्याको बारेमा व्याख्या गर्नुहोस्।
- अनुवादकले तपाईँ निकटको होउतेरस स्थानीय कार्यालय अथवा क्षेत्रीय कार्यालय को कर्मचारी सँग फोन जडान गर्नेछ।
- तपाई, अनुवादक र होउतेरस कर्मचारी त्रिपक्षीय कलमा कुरा गर्न सकिनेछ।
- तपाईँको अवस्थालाई विचार गरि, होउतेरस कर्मचारीले जापानी कानुनी प्रणालीको बारेमा सामान्य जानकारी दिनेछ अथवा सेवा प्रदायक को परिचय गर्नेछ।
- कानुनी सेवा आवश्यकता भएका तर वहन गर्न नसकेका व्यक्तिहरू लाई वकिल द्वारा निःशुल्क कानुनी सल्लाह र ब्याज मुक्त ऋण प्रदान गर्दछौ।
कानूनी परामर्श सहायताका र्तशहरू (PDF/441K)
पर्चा : जापान न्यायिक समर्थन केन्द्र (नेपाली भाषा) (PDF/721KB)
सामान्य समस्याहरू सम्बन्धित प्रश्नोत्तर
सामान्य समस्याहरू सम्बन्न्ित प्रश्नोत्तर [PDFファイル/640KB]
तपाईंलाई कानुनी समस्याहरू समाधान गर्नमा मद्दत गर्ने कानूनी प्रणालीसम्बन्धी जानकारी बारम्बार सोधिने प्रश्नहरू (FAQ) को रूपमा पोस्ट गरिएको छ।
कृपया सेवा प्रयोग गर्नुअघि ती प्रश्नहरू र तिनको जवाफ पढ्नुहोस्।
- FAQ भनेको जापानमा कानुनी प्रणालीको एक सामान्य परिचय हो र त्यसमा खास व्यक्तिगत प्रश्नहरूको जवाफ दिइएको हुँदैन। यसका साथसाथै, तपाईंको व्यक्तिगत परिस्थितिका आधारमा जापानी कानुनी प्रणाली लागू नहुन सक्छ।
- तपाईं यहाँ सूचीबद्ध नगरिएका कुनै "बारम्बार सोधिने प्रश्नहरू" छन् वा छैनन् भनी थाहा पाउन चाहनुहुन्छ वा आफ्ना विशेष आवश्यकताहरूबारे छलफल गर्न चाहनुहुन्छ भने कृपया बहुभाषिक सूचना सेवा (0570-078377) मा सम्पर्क गर्नुहोस्। यसले तपाईंलाई बारम्बार सोधिने प्रश्नहरूबारे जानकारी र तपाईंको सोधपूछको प्रकृतिका आधारमा परामर्श सेवाहरू प्रदान गर्ने छ।
- कृपया बारम्बार सोधनि प्रश्नका आधारमा खास व्यक्तिगत समस्याहरू समाधान गर्न खोज्दा हुने कुनै पनि नोक्सानीहरूका लागि Houterasu लाई जिम्मेवार ठहराउन सकिँदैन भन्ने कुरा ध्यानमा राख्नुहोस्।