नेपाली भाषा

देवानी कानूनी सहायता र याद गर्नुपर्ने बुँदाहरुको लागी प्रक्रियाहरु

चरण 1: आवेदन

  • वित्तीय क्षमता निश्चित सीमा भन्दा माथि छैन (शर्त 1)

आय र परिवारका सदस्यहरु (मापदण्ड A), र नगद र बैंक निक्षेप (मापदण्ड B) लाई विचार गरिनेछ।

  • प्रश्नमा रहेको मुद्दा र देवानी कानूनी समर्थनको उद्देश्यसँग मिल्दो छ(शर्त 3)

आवेदक जसले परामर्शको लागि सबै आवश्यकताहरु पूरा गरेमा प्रो बोनो कानूनी परामर्शको लागी बुकिंग गर्न सक्नुहुनेछ।
・जापानी भाषामा कानूनी परामर्श प्रदान गरिन्छ।
・यदि तपाईँ जापानी भाषा बुझ्नुहुन्न भने, तपाईँले अनुवादकको व्यवस्था गर्नुपर्छ (साथीले पनि अनुवादकको रूपमा कार्य गर्न सक्छ), जो तपाईँलाई कानूनी परामर्श लिने समयमा तपाईँसँगै रहन सक्नेछन्।
・यदि तपाइँ अनुवादक पाउन सक्नुहुन्न भने, JLSCले आफ्नो कार्यालयमा विदेशीहरुको लागी एक विशेष परामर्श सेवा र अनुवादक व्यवस्था सेवा, प्रत्येक कार्यालयको परिस्थितिहरू र उपलब्धताको आधारमा, प्रदान गर्न सक्छ।
・तपाईँ परामर्श गर्ने ठाउँमा आउनु अगाडी बुकिंग गर्न आवश्यक छ। कृपया समयमा नै परामर्श गर्ने ठाउँमा आउनुहोस्।
・यदि तपाईँ ढिलो हुनुभएमा, तपाईँले परामर्श प्राप्त गर्न सक्नुहुन्न।
・कृपया हामीलाई बुकिंग रद्द गरेको अग्रिम सुचना दिनुहोस्।

चरण 2: प्रो बोनो कानूनी परामर्श

परामर्शको नतिजाको रूपमा, एक आवेदक जसले JLSC को ऋण कार्यक्रम शुल्क र वकिल र न्यायिक लेखन्दास (प्रतिनिधित्व सहायता / कागजात सहायता) कायम राख्नको लागि खर्चको लागि प्रयोग गर्न चाहन्छ, जाँच गर्न आवश्यक छ।

चरण 3: जाँच

आवेदक को शर्तहरु 1 (वास्तविक सम्पत्ति र प्रतिभूति सहित), 2 र 3 को पूरा गर्न को लागी आवश्यक छ।

जाँचको लागी आवश्यक निम्न कागजातहरु:

・कागजात वित्तीय क्षमता प्रमाणित
・निवास रेकर्ड र निवास कार्ड
・मुद्दासँग सम्बन्धित कागजातहरु
ダウンロードのリンク 新規ウインドウで開きます。जाँचको लागी आवश्यक कागजातहरु(PDF:91KB)

चरण 4: सहायता सुरु गर्ने निर्णय

सहायता सुरु गर्ने निर्णय दिएपछि, JLSCले वकीलहरू र न्यायिक लेखनदास (रिटेनर शुल्क, खर्च, आदि)को लागि यसको मापदण्ड अनुसार शुल्क निर्धारण गर्नेछन्।
JLSC द्वारा वकील शुल्क, आदि तपाईँको तर्फ बाट तिरिदिनेछन् र तपाईँले सामान्यतया JLSC लाई 5,000 येन देखि 10,000 येन को मासिक किस्ताहरुमा भुक्तानी गर्न अनुरोध गरिने छ।

・यो सहायता ब्याज रहित ऋण को माध्यम बाट प्रदान गरिनेछ जुन मासिक आधार मा JLSC लाई तिर्नुपर्नेछ।
・कृपया तपाईँको सम्पर्क जानकारी, जस्तै ठेगाना र मोबाइल फोन नम्बर कुनै परिवर्तन भएको स्थिति मा JLSC लाई सम्पर्क सूचित गर्नुहोस्।
・यदि तपाईँ आफ्नो देश फिर्ता जानुहुन्छ भने पनि तपाईँले भुक्तानी गर्न आवश्यक छ। JLSC ले तपाइँलाई कुनै थप सहायता प्रदान नगर्ने निर्णय गर्न सक्दछ यदि तपाइँ मुद्दाको अन्त्य हुनु भन्दा पहिले नै घर फर्कनुभयो।
विवरण को लागी यहाँ क्लिक गर्नुहोस्। (शुल्क र खर्च)

चरण 5: मुद्दाको निष्कर्ष

सहायता सुरु गर्ने निर्णयमा निर्धारित रिटेनर शुल्क र खर्चहरू बाहेक, मुद्दाको नतिजामा निर्भर हुँदै, JLSC ले वकिल र न्यायिक लेखनदासको पारिश्रमिक, व्याख्या शुल्क, इत्यादिको रकम JLSC को मापदण्ड अनुसार भुक्तानीको विधि जाँच गर्नेछ र निर्णय गर्नेछ जुन तपाईँले वहन गर्नुहुनेछ।

・यदि तपाईँ विपक्षी पार्टी बाट केसको लागी भुक्तानी प्राप्त गर्नुहुन्छ भने, JLSC को सट्टा भुक्तानी गर्नको लागि तपाईँलाई सीधै शुल्क तिर्न को लागी सोध्न सकिनेछ।
・यदि कुनै व्याख्या वा अनुवाद केस ह्यान्डलिंग को सम्बन्धमा जरूरी हुन्छ भने, JLSCले तपाईँको तर्फ बाट शुल्क तिर्दछ र तपाईँ JLSC लाई पुन: भुक्तानी गर्नको लागी उत्तरदायी हुनुहुनेछ। (तपाईँ ऋणको अधिकतम सीमा भन्दा बढि कुनै पनि खर्च तपाईँ आफैले तिर्नुपर्ने हुनेछ।)
・कुनै अतिरिक्त ऋण व्याख्या र अनुवाद सेवा शुल्कको लागी सहायता प्रदान गर्ने निर्णय भन्दा पहिले उपलब्ध छैन, त्यसैले तपाईँले सीधै सम्बन्धित सेवा प्रदायकहरुलाई यी शुल्क तिर्न अनुरोध गरीन्छ।
・सामान्य नियमको रूपमा, किस्ताहरूमा भुक्तानीको मामलामा, तपाईंले सहायता समाप्त भएको मितिबाट तीन वर्ष भित्र पूर्ण चुक्ता गर्न आवश्यक छ।

Adobe Reader
PDF形式のファイルをご覧いただく場合には、Adobe社が提供するAdobe Readerが必要です。
Adobe Readerをお持ちでない方は、バナーのリンク先からダウンロードしてください。(無料)