このページの先頭ですサイトメニューここから
このページの本文へ移動
サイト内検索

  1. トップページ
  2. Legal Information for Foreign Nationals(外国人のみなさまへ)
  3. सम्बन्ध विच्छेदपारिवारिक मामिला: स्वयंवर, विवाह, सम्बन्ध विच्छेद
本文ここから

सम्बन्ध विच्छेदपारिवारिक मामिला: स्वयंवर, विवाह, सम्बन्ध विच्छेद

更新日:2023年3月9日

कृपया सेवा प्रयोग गर्नुअघि ती प्रश्नहरू र तिनको जवाफ पढ्नुहोस्।

  • FAQ भनेको जापानमा कानुनी प्रणालीको एक सामान्य परिचय हो र त्यसमा खास व्यक्तिगत प्रश्नहरूको जवाफ दिइएको हुँदैन। यसका साथसाथै, तपाईंको व्यक्तिगत परिस्थितिका आधारमा जापानी कानुनी प्रणाली लागू नहुन सक्छ।
  • तपाईं यहाँ सूचीबद्ध नगरिएका कुनै "बारम्बार सोधिने प्रश्नहरू" छन् वा छैनन् भनी थाहा पाउन चाहनुहुन्छ वा आफ्ना विशेष आवश्यकताहरूबारे छलफल गर्न चाहनुहुन्छ भने कृपया बहुभाषिक सूचना सेवा (0570-078377) मा सम्पर्क गर्नुहोस्। यसले तपाईंलाई बारम्बार सोधिने प्रश्नहरूबारे जानकारी र तपाईंको सोधपूछको प्रकृतिका आधारमा परामर्श सेवाहरू प्रदान गर्ने छ।
  • कृपया बारम्बार सोधनि प्रश्नका आधारमा खास व्यक्तिगत समस्याहरू समाधान गर्न खोज्दा हुने कुनै पनि नोक्सानीहरूका लागि Houterasu लाई जिम्मेवार ठहराउन सकिँदैन भन्ने कुरा ध्यानमा राख्नुहोस्।

विषयवस्तुहरू

स्वयंवर

विवाह

सम्बन्ध विच्छेद

प्रश्न 01: यदि मैले स्वयंवर तोडेमा के मैले अन्य व्यक्तिलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्छ?

  • यदि उचित कारण भएमा, तपाईं कुनै दायित्व वहन गर्नु नपर्ने गरी स्वयंवर तोड्न सक्नुहुन्छ।
  • यदि कुनै उचित कारण नभएमा, तपाईंले अर्को पक्षलाई हुन गएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने हुन्छ।

(व्याख्या)
・भविष्यमा दम्पत्तिको सौहार्दपूर्ण वैवाहिक जीवनलाई असम्भव बनाउने परिस्थितिहरू सिर्जना भएमा र स्वयंवर तोड्नका लागि उचित कारणभएमा, कुनै दायित्व वहन गर्नु नपर्ने गरी स्वयंवर तोड्न सकिन्छ।
・उदाहरणका लागि, यदि एक पक्षले आफ्नो तलब, ऋण वा आफ्नो जीवनका अन्य महत्त्वपूर्ण पक्षहरूका बारेमा अर्को पक्षलाई झूट बोलेको छ भने, स्वयंवर तोड्ने एक वैध कारण भएको मानिन्छ।
・यदि कुनै उचित कारण बिना स्वयंवर तोडिएमा, प्रतिज्ञाको उल्लङ्घन भएको मानिन्छ र हुन जाने क्षतिबापत क्षतिपूर्तिको रूपमा भुक्तानी गर्नुपर्छ।

00008

प्रश्न 02: जापानमा बसोबास गर्ने दुईजना विदेशी नागरिकहरूले विवाह गर्नका लागि के-कस्ता कार्यविधिहरू पूरा गर्नुपर्ने हुन्छ?

  • विदेशी नागरिकहरूले आफू बसोबास गर्ने नगरपालिकाको कार्यालयमा विवाह दर्ता गराउनुपर्छ।
  • विवाह दर्ताको फाराम प्रत्येक विदेशी नागरिकहरू आफ्नो गृह राष्ट्रको पारिवारिक कानूनअन्तर्गत विवाह गर्न योग्य छन् भनी देखाउने कागजातहरू (सामान्यतया, विवाह गर्न कुनै बाधा नभएको प्रमाणपत्र) सँगै पेश गर्नुपर्छ।
  • विदेशी नागरिकहरूले पनि आफ्नो गृह राष्ट्रका प्रक्रियाहरूअनुसार आफ्नो विवाह दर्ता गर्न जापानमा रहेको आफ्नो गृह राष्ट्रको दूतावास वा वाणिज्यदूतावासमा आवेदन दिन सक्छन्।

(व्याख्या)
・जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले उनीहरू आफ्नो गृह राष्ट्रको पारिवारिक कानुनअन्तर्गत विवाह गर्न योग्य छन् भनी देखाउने आफ्नो विवाह दर्ता वा कागजातहरू (सामान्यतया, विवाह गर्न कुनै बाधा नभएको प्रमाणपत्र) पारिवारिक रजिस्ट्री डेस्कमा पेश गरेर जापानमा विवाह गर्न सक्छन्।
・विदेशी नागरिकहरूको जापानी राष्ट्रियता नहुने भएकाले परिवार दर्ता हुँदैन, त्यसैले यो विवाह दर्ताले परिवार दर्ताभएको मानिँदैन।
・विवाहको प्रमाण दर्ताको स्वीकृतिको प्रमाणपत्र वा दर्ताको विषयवस्तुको प्रमाणपत्रद्वारा प्रदान गर्न सकिन्छ।
・यदि विदेशी नागरिकहरूले आफ्नो गृह राष्ट्रका प्रक्रियाहरूअनुसार जापानमा रहेको आफ्नो गृह राष्ट्रको दूतावास वा वाणिज्यदूतावासमा विवाह दर्ता गराएमा, जापानी पारिवारिक रजिस्ट्री डेस्कमा दर्ता गराउनु पर्दैन।

00022

प्रश्न 03: जापानमा बसोबास गर्ने विदेशी नागरिकले जापानमा रहेको जापानी नागरिकसँग विवाह गर्दा के-कस्ता कार्यविधिहरू पूरा गर्नुपर्ने हुन्छ?

  • जापानी नागरिकले आफू बसोबास गर्ने नगरपालिकाको कार्यालय वा निजको निवास दर्ता गरिएको कार्यालयमा विवाह दर्ता गराउनुपर्छ।
  • विदेशी नागरिकले विवाह दर्ताको फारम आफू आफ्नो गृह देशको पारिवारिक कानुनअन्तर्गत विवाह गर्न योग्य छु भनी देखाउने कागजात (सामान्यतया, विवावह गर्न कुनै बाधा छैन भनी पुष्टि गर्ने प्रमाणपत्र) सँगै पेश गर्नुपर्छ।

(व्याख्या)
・दुवै जापानी नागरिकले जापानमा विवाह गर्न पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्छन् तथा विदेशी नागरिकले आफ्नो गृह राष्ट्रमा विवाह गर्न पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्छन् भन्ने कुरा पुष्टि गरिसकेपछि नगरपालिकाको कार्यालयले विवाहको दर्ता स्वीकार गरी जापानी नागरिकको दर्ता गरिएको निवास स्थानमा रहेको नगरपालिकाको कार्यालयमा पठाउने छ।
・विवाह दर्तालाई जापानी नागरिक बस्ने नगरपालिकामा पेश गरेपछि, जापानी नागरिकको पारिवारिक दर्ताको प्रतिलिपि वा एक्स्ट्र्याक्ट संलग्न गर्न सुझावयोग्य हुन्छ (वा उहाँहरूको दर्ता गरिएको निवास-स्थानले उहाँहरूका रेकर्डहरू अभिकलित गरिएको छ भने, पारिवारिक दर्ता जानकारीको सबै वा केही भागको प्रमाणपत्र)।
・आप्रवासन नियन्त्रण तथा शरणार्थी पहिचान ऐन, जापानका कानूनहरूअन्तर्गत शरणार्थी स्थितिको अनुमति दिइएका विदेशी नागरिकहरूका लागि, उनीहरूको निवासको स्थान उनीहरूको गृह राष्ट्रका कानूनहरूमा मानिने छ।

00023

प्रश्न 04: म निवासको स्थिति भएको जापानमा काम गर्ने विदेशी नागरिक हो जसले मलाई काम गर्ने अनुमति दिन्छ। के मैले मेरो परिवारलाई जापानमा ल्याउन सक्छु?

  • तपाईंको परिवार निवासको “आश्रित व्यक्ति” स्थिति अन्तर्गत तपाईंसँग बस्न सक्नुहुन्छ।
  • छोटो समयका भेटहरूका लागि, तपाईंको परिवार “अस्थायी आगन्तुक” स्थिति अन्तर्गत जापानमा बस्न सक्नुहुन्छ।

(व्याख्या)
・निवासको स्थितिका लागि आवेदकले आफ्नो गृह राष्ट्रमा रहेको जापानी राजदुतावासमा आवेदन दिनुपर्छ।
・यद्यपि, नियमअनुसार, आश्रित व्यक्ति र अस्थायी आगन्तुकहरूलाई जापानमा काम गर्ने अनुमति दिइएको छैन।
・विदेशी नागरिक लामो समयावधिसम्म जापानमा बस्नुभएको छ र “स्थायी निवासी” स्थिति प्रदान गरिएको छ भने, उनीहरूका परिवारका सदस्यहरू “स्थायी निवासीका जीवनसाथी वा बालबालिका” को रूपमा स्थायी रूपमा बस्न पनि पाउने छन्।

02367

प्रश्न 05: म विदेशी नागरिक हो र मेरो जीवनसाथी जापानी नागरिक हुनुहुन्छ। म जापानमा “जापानी नागरिक भएको जीवनसाथी वा बच्चा” को निवासको स्थितिमा बसिरहेको छु। म मेरो जापानी जीवनसाथीबाट छुट्टै बसिरहेको छु भने म जापानको बसाई जारी राख्न असक्षम हुने छु?

  • छुट्टै बस्ने मात्र नभई अन्य कारकहरूको व्यापक विचारका आधारमा पनि, एउटा दम्पत्तिको सम्बन्ध बिग्रिएको छ र विवाह अब उपरान्त सामाजिक सम्बन्धहरूमा ठोस आधार छैन भनी मानिन्छ भने, विदेशी जीवनसाथी “जापानी नागरिकको जीवनसाथी वा बच्चा” का रूपमा आफ्नो निवासको स्थिति गुमाउन सक्नुहुन्छ।
  • विवाहले सामाजिक सम्बन्धहरूमा ठोस आधार गुमाएपछि विदेशी जीवनसाथी जापानको बसाई जारी राख्न चाहनुहुन्छ भने, उहाँहरूले आफ्नो निवासको स्थितिलाई “जापानी नागरिक भएको जीवनसाथीको वा बच्चा” बाट अर्कोमा परिवर्तन गर्नुपर्छ।

(व्याख्या)
・जापानी नागरिकसँग कानूनी रूपमा विवाह भएको विदेशी नागरिकलाई “जापानी नागरिकको जीवनसाथी वा बच्चा” को स्थिति प्रदान गरिन्छ। तर पनि, सम्बन्ध विच्छेद भएमा वा दम्पत्तिको सम्बन्ध तोडिएको भएमा र अबदेखि सामाजिक सम्बन्धमा विवाहको कुनै मौलिक आधार नभएमा सँगै बस्न पाउने अवधि बढाउनका लागि अनुमति नपाउने वा निवासको स्थिति रद्द हुने सम्भावना हुन्छ।
・अलग-अलग बसेको आधारमा मात्र नभई अलग-अलग बस्ने परिस्थिति र अवधि, दम्पत्तिबीच सम्पर्कको अस्तित्व तथा हद र जीवनयापनका खर्चहरूको हिस्सा जस्ता अन्य तत्त्वहरूको विस्तृत विचारका आधारमा पनि सामाजिक सम्बन्धमा विवाहको मौलिक आधार गुमेको वा नगुमेको कुरा निर्धारित गरिन्छ (अर्को शब्दमा भर्नुपर्दा, कामको सिलसिलामा टाढा बस्ने जस्ता अलग-अलग बस्नुका वैध कारणहरू स्वीकार गरिने अवस्थाहरू हुन सक्ने भएकाले अलग-अलग बसिरहेको तथ्यमा मात्रै “सम्बन्ध विच्छेद” को फैसला गरिँदैन)।
・जापानी जीवनसाथीले सम्बन्ध विच्छेद गरेको अवस्थामा वा जोडीको सम्बन्ध तोडिएको छ र विवाहमा अब उपरान्त सामाजिक सम्बन्धहरूमा मौलिक आधार नभएको मानिन्छ भने, विदेशी नागरिकले “जापानी नागरिकको जीवनसाथी वा बच्चा” को रूपमा आफ्नो निवासको स्थिति गुमाउनु हुने छ भन्ने सम्भावना हुन्छ। तसर्थ, विदेशी जीवनसाथी यसपछि जापानमा बस्न जारी राख्ने इच्छा गर्नुहुन्छ भने, उहाँहरू अर्को निवासको स्थितिमा परिवर्तन हुनुपर्छ (दीर्घकालीन निवासी आदि)।
・विदेशी नागरिकले आफ्नो निवासको स्थिति गुमाएपछि, अर्को प्राप्त गर्न एकदमै कठिन हुन्छ। उहाँहरूले आफ्नो निवासको स्थितिलाई अर्कोमा परिवर्तन गर्नुहुन्छ बने, उहाँहरूसँग अझै पनि “जापानी नागरिकको जीवनसाथी वा बच्चा” को स्थिति हुँदा उहाँहरूले त्यसो गर्नुपर्छ।
・तपाईं आफ्नो निवासको स्थितिबारे चिन्तित हुनुहुन्छ भने, आप्रवासन ब्यूरो र न्यायिक पूर्ववर्तीहरूका अभ्यासहरूमा आधारित रहेर वकील र अन्य विशेषज्ञसँग परामर्श लिन र उपयुक्त सुझाव प्राप्त गर्न अझ राम्रो हुन्छ।

00398

प्रश्न 06: मैले मबाट अलग बस्ने जीवनसाथीबाट जीवनयापनका खर्चहरू दाबी गर्न सक्छु?

  • सक्नुहुन्छ।

(व्याख्या)
・विवाहित दम्पत्ति अलग बस्दै आए पनि तिनीहरूसँग सम्बन्ध विच्छेद नहुञ्जेलसम्म एकअर्कालाई सहयोग गर्ने आपसी दायित्व हुन्छ।
・‍आम्दानी र आश्रित बालबालिकाको सङ्ख्यामा निर्भर गर्दै, सहायता उपलब्ध गराउन दायित्वका आधारहरूमा मासिक जीवनयापनका खर्चहरू दाबी गर्न सकिन्छ। यिनीहरूलाई वैवाहिक खर्चहरू भनिने छ।
・एक दम्पत्तिले वैवाहिक खर्चमा सम्झौता गर्न असक्षम भएमा, पारिवारिक अदालतमा न्यायाधीश र मध्यस्थकर्ताहरूका रूपमा काम गर्ने घरेलु सम्बन्ध मेलमिलाप आयुक्तसँग मुद्दा सुल्झाउन वैवाहिक खर्चहरूको बाँडफाँडको सम्बन्धमा मेलमिलापका लागि निवेदन दायर गर्न सकिन्छ।

02318

प्रश्न 07: म जीवनसाथीबाट हिंसा भोग्दै छु। मैले के गर्नुपर्छ?

  • तपाईं आफू खतरामा भएको महसुस गर्नुहुन्छ भने, सर्वप्रथम तपाईंले सहायताका लागि प्रहरी वा जीवनसाथीको हिंसा परामर्श र सहायता केन्द्र (महिला केन्द्रहरू, लिङ्ग समानता केन्द्रहरू आदि; नामहरू फरक हुन सक्छन्) को परामर्श लिनुपर्छ।
  • अर्को, तपाईंलाई वकीलसँग परामर्श लिन सिफारिस गरिन्छ।

(व्याख्या)
・जीवनसाथीको हिंसा (घरेलू हिंसा) भनेको आपराधिक व्यवहार समावेश गर्ने मानव अधिकारहरूको गम्भीर उल्लङ्घन हो।
・जीवनसाथी हिंसा परामर्श र सहायता केन्द्रहरूले अस्थायी आश्रयहरूमा जाने कुराबारे परामर्शहरू उपलब्ध गराउँछ।
・केही मामिलाहरूमा, जीवनसाथीलाई पीडितको वरिपरि पछ्याउन वा उहाँहरूको निवास-स्थान नजिकै देखिन निषेधित गर्ने आदेश, जीवनसाथीलाई निवास स्थानबाट अस्थायी रूपमा निकाल्ने आदेश (निकाल्ने आदेश), जीवनसाथीलाई बालबालिकालाई सम्पर्क गर्नबाट निषेधित गर्ने आदेश, जीवनसाथीलाई नातेदारहरूलाई सम्पर्क गर्नबाट निषेधित गर्ने आदेश वा जीवनसाथीलाई फोन कलहरू गर्नबाट रोक्न आदेशका लागि अदालतलाई अनुरोध गर्न सम्भव हुन्छ।
・हिंसा सम्बन्ध विच्छेदका लागि आधार र क्षतिपूर्तिका लागि दाबीहरू पनि हुन सक्छन्।
・तपाईंलाई तपाईंको जीवनसाथीले हिंसा गर्नुभएको छ वा क्षति पुर्‍याउनुभएको छ भने, तपाईं आपराधिक उजुरी दायर गर्न सक्नुहुन्छ।
・Houterasu ले घरेलू हिंसाका पीडितहरूका वित्तिय स्रोतहरू जे सुकै भएता पनि अतिरिक्त हानी रोकथाम गर्ने सम्बन्धमा घरेलू हिंसाका पीडितहरूलाई कानूनी परामर्श सेवाहरू उपलब्ध गराउँछ (व्यक्तिको विरुद्ध अतिक्रमका विशिष्ट कार्यहरूका पीडितहरूका लागि कानूनी परामर्श सहायता (जसको मतलब जीवनसाथीको हिंसा, पछ्याउने र बाल दुर्व्यवहार))। तपाईं यो सेवा प्रयोग गर्न इच्छुक हुनुहुन्छ भने, कृपया बहुभाषिक जानकारी सेवा (0570-078377) लाई कल गर्नुहोस्।

00030

प्रश्न 08: पछिल्लो वर्ष मेरो विवाह भएको थियो तर छोटो समयमा नै मेरो श्रीमान हिंसक व्यक्ति बन्नुभयो। उहाँले मलाई ठूलो स्वरमा कराउँदा मलाई डर लाग्छ। म यहाँबाट निस्किएर कतै जाने ठाउँ छैन, त्यसैले म यो सहेर भए पनि यही घरमा बस्छु।

  • यदि जीवनसाथीले तपाईंलाई पिट्नुहुन्छ भने, तपाईंले अस्पताल गएर आफ्ना चोटपटकहरूको चिकित्सा प्रमाणपत्र प्राप्त गर्नुपर्छ।
  • तपाईंलाई आफ्नो जीवन खतरामा छ जस्तो लाग्छ भने, प्रहारीलाई फोन गर्न नहिच्किचाउनुहोस्।
  • तपाईंले आफ्नो स्थानीय नगर कार्यालय वा आफ्नो प्रान्तमा रहेको महिला परामर्श केन्द्रमा सल्लाह लिन पनि सक्नुहुन्छ जहाँ महिलाका समस्याहरूको समाधान गर्ने मानिसहरू (जस्तै महिला परामर्शदाताहरू) हुन्छन्। तपाईं घर छोड्न चाहनुहुन्छ भने, महिला परामर्शदातालाई अस्थायी आवासहरू उपलब्ध छन् वा छैनन् भनी सोध्नुहोस्।
  • तपाईं सम्बन्ध विच्छेद गर्दै हुनुहुन्छ र मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्ने क्रममा आफ्नो निवास स्थिति नवीकरण गर्ने समय आएको छ भने, तपाईं घरेलु हिंसाका कारण हाल मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्दै हुनुहुन्छ भन्ने तथ्याका बारेमा आप्रवासन ब्यूरोमा सल्लाह गर्नुहोस्। यस अवस्थामा चिकित्सा प्रमाणपत्र र महिला परामर्शदातासँगको परामर्शको इतिहास उपयोगी हुने छ ।

03798

प्रश्न 09: मैले मेरो जीवनसाथीबाट हिंसा रोक्नका लागि निरोधक आदेश प्राप्त गरेको छु तर मेरो बच्चालाई मबाट टाढा लगिने छ भनी म चिन्तित छु। मैले के गर्नुपर्छ?

  • घरेलू हिंसा रोकथाम ऐनअन्तर्गत, घरेलू हिंसाको पीडितसँग बस्ने बालबालिकालाई सुरक्षा गर्ने निरोधक आदेशले पीडित आफैँलाई सुरक्षा गर्ने निरोधक आदेशको साथमा दायर गर्न सकिन्छ।
  • बच्चा वयस्कताको उमेरमा पुग्नुभएको छ भने, निरोधक आदेश पीडितका सम्बन्धहरूलाई सुरक्षा गर्दै दायर गर्न सकिन्छ।
  • पछ्याउने विरुद्धको ऐनअन्तर्गत चेतावनी दायर गर्न वा नागरिक प्रावधानिक उपायहरूको ऐन अन्तर्गत प्रावधानिक विन्यासका लागि आवेदन दिन पनि सम्भावना हुन सक्छ।

(व्याख्या)
・घरेलू हिंसा रोकथाम ऐनको आधिकारिक नाम भनेको “पीडितहरूको जीवनसाथीको हिंसा र सुरक्षाको रोकथामबारे ऐन” हो।
・पछ्याउने विरुद्धको ऐनको आधिकारिक नामा भनेको “पछ्याउने व्यवहार रोक्ने र पीडितहरूलाई सहायता गर्ने बारे कानून” हो।
・नाबालक बच्चा र पीडित एकसाथ बस्दा, दुर्व्यवहारकर्ताले बच्चालाई लगेको परिणाम स्वरूप पीडितलाई हिंसात्मक जीवनसाथी (दुर्व्यवहारकर्ता) लाई भेट्नका लागि दबाब दिनबाट रोक्नका लागि, पीडितले छ महिनासम्म बच्चाको विद्यालय वा निवासको सामान्य स्थानको इलाकामा देखिनबाट दुर्व्यवहारकर्तालाई रोक्नका लागि निरोधक आदेश दायर गर्न सक्नुहुन्छ।
・बच्चा 15 वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ भने, बच्चासँग सम्बन्धित निरोधक आदेश बच्चाको सहमतिमा मात्र दायर गर्न सकिन्छ।
・पीछा गर्ने विरुद्धको ऐनले पीडितका लागि माया र प्रेमका आत्म घोषित भावनाहरू वा उक्त भावनाहरू पूरा नभएपछि उत्पन्न हुने अपमानका भावनाहरू सन्तुष्ट पार्ने उद्देश्यका लागि पीडित वा पीडितको नजिकको सम्बन्धमा भएको व्यक्तिलाई बारम्बार पछ्याउने जस्ता पीछा गर्ने व्यवहारमा रोक लगाउँछ।
・प्रहरीसँग उजुरी दायर गरेर पछ्याउने विरुद्धको ऐन अन्तर्गत चेतावनी जारी गर्न सकिन्छ।
・पीडिलाई पछ्याउने वा समान व्यवहार देखाउने कार्य भइरहन्छ भने, सार्वजनिक सुरक्षा आयोगले केही प्रक्रियाहरूको पालना गरेपछि अर्को पक्षविरुद्ध त्यस्तो व्यवहार निषेध गर्ने आदेश जारी गर्न सक्छ। अत्यावश्यक अवस्थाहरूमा, सार्वजनिक सुरक्षा आयोगले यी प्रक्रियाहरूको पालना नगरिकन निषेधाज्ञा आदेश जारी गर्न सक्छ।
・रोक लगाउने वा भेटघाट गर्न निषेध गर्ने आदेशको अस्थायी प्रवृत्ति नागरिक अस्थायी समाधानहरू ऐन अन्तर्गत अदालतमा दायर गरिन्छ।
・कुन प्रक्रिया एकदमै उपयुक्त छ भन्ने कुरा निर्धारण गर्न आवश्यक भएमा, वकील वा अन्य पेशेवरसँग सल्लाह लिन सुझाव गरिन्छ।

02472

प्रश्न 10: के मैले सम्बन्ध विच्छेदपछि वा सामान्य कानूनी विवाहमा हुँदा हुँदै पनि घरेलू हिंसा रोकथाम ऐनअन्तर्गत सुरक्षा प्राप्त गर्न सक्छु? के म विदेशी नागरिक वा मानिस भएमा यो सम्भव छ?

  • तपाईंले सम्बन्ध विच्छेदपछि, सामान्य कानूनी विवाहमा हुँदा हुँदै वा सामान्य कानूनी विवाह समाप्त भएपछि पनि घरेलु हिंसाको रोकथाम ऐनअन्तर्गत सुरक्षा प्राप्त गर्न सक्नुहुन्छ। विदेशी नागरिक र मानिसहरू पनि सुरक्षा पाउन योग्य छन्।

(व्याख्या)
・सम्बन्ध विच्छेदपछि, पूर्व जीवनसाथीले गर्ने निरन्तर हिंसा पनि घरेलु हिंसा रोकथाम ऐनअन्तर्गतको सुरक्षाका आधारहरू हो।
・यस कानूनअन्तर्गत, “जीवनसाथी” शब्दले विवाहित भनी दर्ता नगरिएका तर वास्तविक विवाहित (सामान्य कानूनी श्रीमान र श्रीमती) व्यक्तिहरूलाई जनाउँछ र “सम्बन्ध विच्छेद” शब्दले विवाहित भनी दर्ता नगरिएका तर वास्तविक विवाहित व्यक्तिहरूबीचको वास्तविक सम्बन्ध विच्छेदलाई जनाउँछ। जस्तै, सामान्य कानूनी विवाह (वास्तविक वैवाहिक सम्बन्ध) मा बाँधिएका मानिसहरू वा उक्त सम्बन्ध विच्छेद गरेका मानिसहरूले घरेलु हिंसा रोकथाम ऐनअन्तर्गत सुरक्षा प्राप्त गरिरहन सक्छन्।
・तर पनि, हिंसा वा धम्की विवाह वा सामान्य कानूनी विवाहको अवधिमा भएको थिएन तर सम्बन्ध विच्छेद वा सामान्य कानूनी विवाह विच्छेद भएपछि सुरु भएको हो भने, घरेलु हिंसा रोकथाम ऐन लागू हुँदैन र पीछा गर्ने विरुद्धको ऐन प्रयोग गर्नुपर्छ।
・घरेलु हिंसा रोकथाम ऐन जीवनसाथी वा सामान्य कानूनी जीवनसाथीले गर्ने हिंसामा मात्र नभएर पीडितसँग अहिले वा पहिले बस्ने दम्पत्तिले गर्ने हिंसामा पनि लागू हुन्छ।
・घरेलु हिंसा रोकथाम ऐन पीडितको लिङ्ग वा राष्ट्रियतालाई ध्यानमा नराखी सबैलाई लागू हुन्छ, त्यसैले घरेलु हिंसाबाट पीडित विदेशी मानिस र नागरिकले पनि सुरक्षा पाउन सक्छन्। घरेलु हिंसाबाट पीडित भएका व्यक्तिहरूको सुरक्षा र अनुसन्धान तथा परीक्षणहरूमा संलग्न भएका मानिसहरूले पीडितहरूको राष्ट्रियतालाई ध्यानमा नराखी उनीहरूको मानव अधिकारको सम्मान गर्नुपर्छ र आफ्ना दायित्वहरू गर्दा उनीहरूको सुरक्षा र गोपनीयतामा ध्यान पुर्‍याउनुपर्छ।

03136

प्रश्न 11: हामी जापानी नागरिक र जापानमा बस्ने विदेशी नागरिको विवाहित जोडी हौँ। हामी दुवैले सम्बन्ध विच्छेद गर्न सहमति जनाएका छौं, त्यसकारण हामी मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्ने सोच्दैछौं र सम्बन्ध विच्छेदको दर्ता पेश गर्दैछौं तर विदेशी जीवनसाथीको गृह राष्ट्रले जापानमा गरिएको सम्बन्ध विच्छेद स्वीकार गरोस् भन्नका लागि हामीले के कस्ता कार्यविधिहरू अपनाउनपुर्छ?

  • विदेशी जीवनसाथीको गृह राष्ट्रमा मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न अनुमति दिइन्छ भने, सम्बन्ध विच्छेदको दर्ता सम्बन्धित नगरपालिकाको कार्यालय र जापानमा विदेशी जीवनसाथीको गृह राष्ट्रको वाणिज्यदुतास आदिमा पेश गरिन्छ भने, सम्बन्ध विच्छेद विदेशी जीवनसाथीको गृह राष्ट्रमा पनि स्वीकृत गरिने छ।
  • विदेशी जीवनसाथीको गृह राष्ट्रमा मेलमिलापमार्फत सम्बन्ध विच्छेदको अनुमति दिइँदैन भने, सम्बन्ध विच्छेद विदेशी जीवनसाथीको गृह राष्ट्रमा स्वीकृत हुनका लागि मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्नुको सट्टामा अदालती कार्यवाहीहरू प्रयोग गर्न आवश्यक हुने छ।

(व्याख्या)
・कुनै एक जीवनसाथी जापानमा बसोबास भएको जापानी नागरिक हुनुहुन्छ भने, विदेशी जीवनसाथीको राष्ट्रियतालाई ध्यान नदिई सम्बन्ध विच्छेदमा जापानी कानून (जापानको नागरिक संहिता) लागू हुने छ र जापानी प्रक्रियाहरू प्रयोग गरी मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न सकिन्छ।
・यद्यपि, विदेशी जीवनसाथीको गृह राष्ट्रमा मेलमिलापमार्फत सम्बन्ध विच्छेदको अनुमति दिइएको छैन भने एउटा परिस्थिति उत्पन्न हुन सक्छ जसमा, जापानको नगरपालिकाको कार्यालयमा सम्बन्ध विच्छेद दर्ता पेश गरियो भने पनि सम्बन्ध विच्छेद जापानमा स्वीकृत भएपनि जीवनसाथीको गृह राष्ट्रमा स्वीकृत हुँदैन।
・यसलाई हुन नदिनका लागि मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्नुभन्दा अदालतको कार्यवाहीहरूमार्फत सम्बन्ध विच्छेद गर्न आवश्यक हुने छ।
・केही राष्ट्रहरूले सम्बन्ध विच्छेदको अभियोग (न्यायिक निर्णयअनुसार) मार्फत प्राप्त गरेको सम्बन्ध विच्छेदलाई मात्र अनुमति दिन्छ। यद्यपि, मेलमिलापमार्फत गरिएको सम्बन्ध विच्छेदको कागजातले “यो मेलमिलाप जापानी घरेलू सम्बन्धहरूको मुद्दाको कार्यविधि ऐनको धारा 268 अनुसार अन्तिम र बाध्यकारी निर्णयको रूपमा उत्तिकै लागू अनि प्रभावी हुन्छ” भनी उल्लेख गर्छ भने केही देशहरूले मेलमिलापमार्फत गरिएको सम्बन्ध विच्छेदलाई मान्ने छ, त्यसकारण यसलाई विदेशी जीवनसाथीको गृह राष्ट्रमा कसरी ह्याण्डल गरिन्छ भनी जाँच गर्न सुझावयोग्य हुन्छ।
・तपाईं जापानमा विदेशी राष्ट्रको वाणिज्य दूतावास आदिलाई सम्पर्क गरेर उक्त राष्ट्रको कानूनी प्रणालीका बारेमा पनि सोधपूछ गर्न सक्नुहुन्छ।
・थप जानकारीको लागि, कृपया वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्। सम्बन्धित विदेशी राष्ट्रमा वकीलहरू, इत्यादि सँग परामर्श लिन आवश्यक हुन सक्छ, त्यसैले हामी तपाईंको वकीललाई यो कुरा आवश्यक हुने छ वा छैन भनी सोध्न सिफारिस गर्छौं।

02567

प्रश्न 12: मेरो जीवनसाथीले मेरो अनुमतिबिना सम्बन्ध विच्छेदका लागि निवेदन दायर गर्नु हुने छ भन्ने कुरामा चिन्तित छु। मैले के गर्नुपर्छ?

  • तपाईं नगरपालिकाको कार्यालयलाई सम्बन्ध विच्छेदसम्बन्धी दर्ता स्वीकार नगर्नका लागि अनुरोध दायर गर्न सक्नुहुन्छ।
  • यद्यपि, यदि दुवै पक्षहरू विदेशी नागरिक भएमा सम्बन्ध विच्छेदसम्बन्धी दर्ताको गैर-स्वीकार्यताका लागि अनुरोध गर्न सकिँदैन।

(व्याख्या)
दर्ताको अस्वीकृतिको अनुरोध भनेको दर्ता गरेपछि प्रभावकारी हुने विवाह आदिको झूटा दर्ताहरू व्यक्तिको जानकारीविना स्वीकार हुन र पारिवारिक दर्तामा गलत रूपमा रेकर्ड हुनबाट रोक्नका लागि स्थापना गरिएको प्रणाली हो। यदि पक्षको सहमति बिना सम्बन्ध विच्छेद दर्ता हुने जोखिम भएमा यो प्रभावकारी विकल्प हो।




<<प्रक्रियाको रूपरेखा>>
・आवेदकको दर्ता गरिएको बसोबास रहेको नगरपालिकाको मेयरलाई यो आवेदक आफैंले दर्ता गर्नुभएको हो भनी पुष्टि नगरेसम्म दर्ता स्वीकार नगर्नका लागि यो अग्रगामी अनुरोध हो।
・यो प्रणाली पितृत्व, दत्तक, दत्तकको विघटन, विवाह र सम्बन्ध विच्छेदको स्वीकृतिका दर्ताहरूका लागि प्रयोग गर्न सकिन्छ, जुन दर्ता पेश गरेपछि प्रभावकारी हुन्छ।
・आवेदक दर्तासँग सम्बन्धित भएका मामिलाहरूको सम्बन्धमा मात्र अनुरोधहरू दायर गर्न सकिन्छ, जस्तै पितृत्वको स्वीकृतिको मामिलामा बुवा वा विवाह तथा सम्बन्ध विच्छेदको मामिलामा कुनै एक पक्ष । कसका दर्ताहरू स्वीकार गर्नु हुँदैन भन्ने सम्बन्धमा पक्षलाई उल्लेख गर्ने अनुरोध गर्न पनि सम्भावना हुन्छ।
・अनुरोधहरू आवेदकको दर्ता गरिएको बसोबास भएको नगरपालिका कार्यालयमा वा आवेदकको निवास दर्ता भएको नगरपालिका कार्यालयमा गर्न सकिन्छ।
・कुनै नाइट ड्युटी अफिसर उपस्थित हुनुहुन्छ भने, ड्युटी अफिसरले नगरपालिका कार्यालयको कार्य समयभन्दा पछि भए पनि गैर अस्वीकृतिका लागि तपाईंको अनुरोध प्राप्त गर्ने सम्भावना हुन सक्छ।
・अनुरोध गरिसकेपछि, यसको मान्यता अवधिमा कुनै सीमा छैन । गैर-स्वीकृतिका लागि अनुरोध फिर्ता नभएसम्म, सान्दर्भिक दर्ताहरू स्वीकार गरिने छैनन् ।
・नगरपालिकाको मेयरले कसैको जानकारी बिना पेश गरिएको सम्बन्ध विच्छेद, आदिको दर्ता अस्वीकार गर्दा, तिनीहरूलाई यो गैर-अस्वीकारका लागि अनुरोध पेश गर्ने व्यक्तिलाई रिपोर्ट गर्न आवश्यक हुन्छ।
・थप जानकारीका लागि, कृपया सम्बन्धित नगरपालिका कार्यालयको काउन्टरमा सोधपूछ गर्नुहोस्।




<<विदेशी नागरिकहरूका लागि>>
यस प्रणालीको उद्देश्य भनेको सम्बन्धित पक्षहरूको अभिप्रायअनुसार नभएका रेकर्डहरूका पारिवारिक दर्ताहरूमा समावेश हुन नदिने भएकोले, यो लागू हुने कुनै पनि परिवार दर्ता नभएमा दुवै पक्ष विदेशी नागरिक भएको अवस्थामा यसलाई प्रयोग गर्न सकिँदैन। कुनै एक पक्ष जापानी हुनुहुन्छ र अर्को विदेशी नागरिक हुनुहुन्छ भने, जापानी पक्षसँग पारिवारिक दर्ता हुने छ, त्यसैले जापानी वा विदेशी नागरिकले अस्वीकृतिका लागि अनुरोध दायर गर्न सक्छन्।

00035

प्रश्न 13: हामी दुवै विदेशी नागरिकहरू जापानमा बसोबास गरिरहेको विवाहित दम्पत्ति हौं। हामीले सम्बन्ध विच्छेदका लागि के-कस्ता प्रक्रियाहरू पालना गर्नुपर्छ?

  • यदि जीवनसाथीको गृह राष्ट्रहरूको कानुन एउटै भएमा र ती राष्ट्रहरूको कानूनले मेलमिलामार्फत भएको सम्बन्ध विच्छेदको अनुमति दिन्छ भने, मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न सकिन्छ। यदि दम्पत्तिले सम्बन्ध विच्छेदको लागि सहमति जनाएको छैन भने वा यदि उनीहरूको गृह राष्ट्रहरूको कानुन अन्तर्गत मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न अनुमति दिइँदैन भने, अदालती कार्यवाहीहरूको माध्यमबाट सम्बन्ध विच्छेद गरिने छ।
  • विदेशी नागरिकहरू सम्बन्ध विच्छेद गर्ने पक्ष हुँदा, जापानी अदालतहरूको प्रयोग गर्न सकिन्छ वा सकिँदैन भन्नेबारे समस्या हुन सक्छ, तर यदि दुवै जीवनसाथी जापानमा बसोबास गर्छन् भने, या त मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न वा जापानी अदालत (पारिवारिक अदालत) मा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न सकिन्छ।

(व्याख्या)
<<मेलमिलापमार्फत गरिने सम्बन्ध विच्छेद>>
・निम्न अवस्थाहरूमा, यदि दुवै जीवनसाथी सम्बन्ध विच्छेदको लागि सहमति भएमा, सम्झौता गरिएको सम्बन्ध विच्छेद गर्न सकिन्छ।
(1) यदि जीवनसाथीको गृह राष्ट्रहरूको कानून एउटै भएमा र ती राष्ट्रहरूको कानूनले मेलमिलापमार्फत सम्बन्ध विच्छेदको अनुमति दिन्छ भने (तर पनि, कतिपय अवस्थामा मेलमिलापमार्फत सम्बन्ध विच्छेद जापानी प्रक्रियाभन्दा पनि जीवनसाथीको गृह राष्ट्रले तोकेको प्रक्रिया अनुसार गरिनुपर्छ)।
(2) यदि प्रत्येक जीवनसाथीको गृह राष्ट्रको कानुन फरक छ, तर दुवै जीवनसाथीहरू जापानमा बसोबास गर्छन्।




<<न्यायिक कार्यवाहीहरूको माध्यमबाट सम्बन्ध विच्छेद>>
・दम्पत्ति सम्बन्ध विच्छेदबारे सम्झौता गर्न आउन असक्षम भएमा, अदालती कार्यवाहीहरू प्रयोग गरिने छ।
・यदि दुवै जीवनसाथीले सम्बन्ध विच्छेदको लागि सहमत भएपनि, उनीहरूको गृह राष्ट्रको कानुन अन्तर्गत मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न अनुमति दिइँदैन भने, अदालती कार्यवाहीहरूको माध्यमबाट सम्बन्ध विच्छेद प्राप्त गर्न आवश्यक हुने छ।
・यसबाहेक, जापानी कानुनअन्तर्गत मेलमिलापमार्फत सम्बन्ध विच्छेद सम्भव भएको अवस्थामा पनि, मेलमिलापमार्फत गरिने सम्बन्ध विच्छेद एक वा दुवै जीवनसाथीको गृह राष्ट्रको कानून अन्तर्गत मान्यता नदिएको अवस्थाहरू छन् र दम्पत्तिले जानीजानी आफ्नो गृह राष्ट्रमा सम्बन्ध विच्छेद स्वीकृत गराउन अदालती कार्यवाहीहरू प्रयोग गर्न सक्छन्।
・यदि दुवै जीवनसाथी जापानमा बसोबास गर्छन् भने, या त मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न वा जापानी अदालत (पारिवारिक अदालत) मा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न सकिन्छ। सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्नुअघि, मेलमिलापमार्फत सम्बन्ध विच्छेदको प्रक्रिया (सर्वप्रथम मेलमिलाप भन्ने सिद्धान्त) अनुसरण गर्नुपर्छ तर मेलमिलापमार्फत गरिने सम्बन्ध विच्छेद जीवनसाथीको गृह राष्ट्रमा स्वीकृत गरिने छैन भन्ने परिस्थितिहरू आउँछन् भने, मेलमिलापमार्फत सम्बन्ध विच्छेद नगरिकन सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न सकिन्छ।
・सम्बन्ध विच्छेदको मुद्दा दायर गरी गरिएको सम्बन्ध विच्छेदलाई मात्र अनुमति दिने ती देशहरूमध्ये (अधिनिर्णयद्वारा सम्बन्ध विच्छेद), मेलमिलापमार्फत गरिएको सम्बन्ध विच्छेदको कागजातले “यो मेलमिलाप जापानी घरेलू सम्बन्धहरूको मुद्दाको कार्यविधि ऐनको धारा 268 अनुसार अन्तिम र बाध्यकारी निर्णयको रूपमा उत्तिकै लागू र प्रभावी हुन्छ” भनी उल्लेख गर्छ भने केही देशहरूले मेलमिलापमार्फत गरिएको सम्बन्ध विच्छेदलाई मान्ने छन्। त्यसकारण यसलाई विदेशी जीवनसाथीको गृह राष्ट्रमा कसरी ह्याण्डल गरिन्छ भनी जाँच गर्न सुझावयोग्य हुन्छ।
・जीवनसाथीहरूका गृह राष्ट्रहरूमा कानूनहरू एउटै छन् भने, सम्बन्ध विच्छेदलाई जापानी अदालत (पारिवारिक अदालत) भन्दाअघि सुनुवाईहरूमा उल्लिखित गृह राष्ट्रहरूका कानूनहरू अनुसार निर्णय गरिने छ। जीवनसाथीहरूका गृह देशहरूका कानूनहरू फरक हुन्छन् भने, जापानी कानुन (जापानको नागरिक संहिता) को आधारमा निर्णय गरिने छ जुन उनीहरूको व्यावहारिक निवासको स्थानको हो।




<<ध्यान दिनुपर्ने बुँदाहरू>>
・सम्बन्ध विच्छेदको अन्तिम निर्णय भएपछि विदेशी नागरिकहरूले सम्बन्ध विच्छेदको दर्ता फारामलाई स्थानीय सरकारी कार्यालयमा पनि पेश गर्नुपर्छ।
・जापानमा सम्बन्ध विच्छेद सम्भव भएतापनि, बाल सहायता, भेटघाट र सम्पत्तिको बाँडफाँड जस्ता सम्बन्ध विच्छेदसँग सम्बन्धित अन्य समस्याहरू समाधान गर्न सान्दर्भिक विदेशी देशको अदालतमा जाने पक्षहरूको उत्कृष्ट हित रहेका पनि मामिलाहरू छन्।
・थप जानकारीको लागि, कृपया वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्। सम्बन्धित विदेशी राष्ट्रमा वकीलहरू, इत्यादि सँग परामर्श लिन आवश्यक हुन सक्छ, त्यसैले हामी तपाईंको वकीललाई यो कुरा आवश्यक हुने छ वा छैन भनी सोध्न सिफारिस गर्छौं।

02375

प्रश्न 14: के म मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्दा आफ्नो साथमा वकील राख्न सक्छु?

  • सक्नुहुन्छ, तपाईं आफूसँग वकील राख्न सक्नुहुन्छ।

(व्याख्या)
・पारिवारिक कानुन मेलमिलापमा, प्राकृतिक प्रक्रियाका कारण, नियम अनुसार संलग्न भएका व्यक्तिहरू उपस्थित हुन आवश्यक हुन्छ। यद्यपि, यदि अनिवार्य परिस्थितिहरू भएमा, संलग्न व्यक्तिको सट्टामा प्रतिनिधि देखा पर्न सम्भव छ।
・साथै, अदालतको अनुमतिका साथ, एक व्यक्ति सहायकका साथ देखा पर्न सक्छ जसले व्यक्तिलाई साथ दिन्छ र व्यक्तिलाई बयान गर्न सहयोग प्रदान गर्दछ।
・यदि अदालतले अनुमति दिएमा, जो कोहीले पनि प्रतिनिधि वा सहायकको रूपमा कार्य गर्न सक्नुहुन्छ, तर अदालतले कुनै पनि समयमा यो अनुमति रद्द गर्न सक्छ।
・वकीलले अदालतको अनुमति बिना प्रतिनिधि वा सहायकको रूपमा कार्य गर्न सक्नुहुन्छ।

00047

प्रश्न 15: सम्बन्ध विच्छेद भएको अवस्थामा बालबालिकाको अभिभावकीय अधिकारका सम्बन्धमा के हुन्छ?

  • यदि सम्बन्ध विच्छेदको समयमा कुनै नाबालक बालबालिका भएमा, अभिभावकीय अधिकार आमाबुवामध्ये एकजनालाई तोकिएको हुनुपर्छ।

(व्याख्या)
यदि कुनै बालबालिका नाबालक छन् भने, अभिभावकीय अधिकार निम्न तरिकामा निर्धारण गरिन्छ।
(1) मेलमिलापमार्फत भएको सम्बन्ध विच्छेद
आमाबुवामध्ये एकजनालाई आपसी सम्झौताद्वारा अभिभावकीय अधिकार तोकिएको छ र सम्बन्ध विच्छेदको दर्ता पेश गरिएको छ। यदि अभिभावकीय अधिकारमा कुनै पनि निर्णय हुन सक्दैन भने, मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्न सकिँदैन। यदि पक्षहरू सम्झौता गर्न असक्षम हुनुभयो भने, पारिवारिक अदालतमा न्यायाधीश र मध्यवर्ती संस्थाहरूको रूपमा कार्य गर्ने घरेलु सम्बन्ध मेलमिलाप आयुक्तसँग मेलमिलापमार्फत अभिभावकीय अधिकार निर्धारण गर्न सकिन्छ।
(2) मेलमिलापमार्फत गरिएको सम्बन्ध विच्छेद
पारिवारिक अदालतमा मेलमिलापमार्फत सम्बन्ध विच्छेद हुँदा, अभिभावकीय अधिकार निर्धारण गरिने छ। अभिभावकीय अधिकार निर्धारण गर्दा, बालबालिका(हरू) को इच्छाहरू उनीहरूको उमेर र विकासको स्तरको आधारमा ध्यानमा राखिनुपर्छ र पारिवारिक अदालत अनुसन्धानकर्ताद्वारा अनुसन्धान गर्न सकिन्छ।
मेलमिलाप छलफलका लागि एक फोरम हो त्यसैले कुनै सम्झौतामा पुग्न नसक्ने समय हुन सक्छन्। उक्त मामिलाहरूमा, मेलमिलापमार्फत गरिने सम्बन्ध विच्छेदलाई सामान्यतया असफलताका रूपमा खारेज गरिन्छ। मेलमिलापमार्फत हुने सम्बन्ध विच्छेद खारेज भइसकेपछि पक्षहरू पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेर अगाडि बढ्न सक्छन्।
(3) निर्णयअनुसारको सम्बन्ध विच्छेद
निर्णयअनुसारको सम्बन्ध विच्छेदमा, अभिभावकीय अधिकार अदालतद्वारा निर्धारण गरिन्छ।
बच्चा 15 वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ भने, सम्बन्ध विच्छेदको भागको रूपमा अभिभावकीय अधिकार निर्धारण गर्दा अभिभावकीय अधिकारमा अदालतले बच्चाको विचार सुन्न आवश्यक हुन्छ।

00088

प्रश्न 16: जापानी नागरिक र विदेशी नागरिक भएको विवाहित दम्पत्तिले सम्बन्ध विच्छेद गर्दा, बच्चाहरूको अभिभावकीय अधिकारका सम्बन्धमा के हुन्छ?

  • बुवा वा आमा जापानी हुनुहुन्छ र बच्चा जापानी राष्ट्रियता भएको अवस्थामा, अभिभावकीय अधिकार जापानी कानून (जापानको नागरिक संहिता) अनुसार निर्धारण गरिने छ।
  • जापानी कानून (जापानको नागरिक संहिता) अन्तर्गत, नाबालक बालबालिका भएका आमाबाबुहरूले सम्बन्ध विच्छेद गर्दा, अभिभावकीय अधिकारमा आमाबुवामध्ये एकलाई तोक्नुपर्छ। मेलमिलापमार्फत सम्बन्ध विच्छेद भएको अवस्थामा पनि, सम्बन्ध विच्छेद दर्तामा अभिभावकीय अधिकारमा उल्लेख नगरुञ्जेलसम्म सम्बन्ध विच्छेद दर्ता स्वीकार गरिने छैन।

(व्याख्या)
・दम्पत्ति सम्बन्ध विच्छेद र अभिभावकीय अधिकारमा सम्झौता गर्न असक्षम भएमा, अदालतका कार्यवाहीहरू प्रयोग गरिने छ। यदि अर्को पक्ष (अन्य जीवनसाथी) जापानमा बसोबास गर्छन् भने, जापानी अदालत (पारिवारिक अदालत) मा मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्नका लागि आवेदन दिन सकिन्छ।
・विदेशी नागरिकहरू मामिलाका पक्ष हुँदा, निर्णयको आधारको रूपमा कुन राष्ट्रको कानुन प्रयोग गर्ने भन्ने समस्या हुन सक्छ, तर यदि बुवा र आमा जापानी हो र बच्चा जापानी राष्ट्रियताको हो भने, जापानी कानुन (जापानको नागरिक संहिता) अनुसार अभिभावकीय अधिकार निर्धारण गरिने छ।
・जापानी कानुन अन्तर्गत (जापानको नागरिक संहिता), सम्बन्ध विच्छेदपछि, आमाबुवामध्ये एकजनासँग बच्चाको अभिभावकीय अधिकार हुने छ (एकल अभिभावकीय अधिकार)। दुवै आमाबुवालाई अभिभावकीय अधिकार पाउन (संयुक्त अभिभावकीय अधिकार) अनुमति दिइँदैन।
・अभिभावकीय अधिकार कसले पाउने छ भन्ने कुराको निर्णय गर्दा, दुवै आमाबुवाका वित्तीय माध्यम, जीवनयापन, शारीरिक तथा मानसिक स्वास्थ्य र व्यक्तित्व, बच्चाप्रति माया, बच्चाको ख्याल राख्ने क्षमता र संरक्षकत्वको निरन्तरता जस्ता आमाबुवाका अवस्थाहरूका साथै बच्चाको उमेर, शारीरिक तथा मानसिक अवस्था जीवनयापनमा निरन्तरता जस्ता बच्चाका अवस्थाहरू र बच्चाका इच्छाहरूमा विस्तृत विचार पुर्‍याउँदै कुन आमाबुवाले बच्चाको कल्याणका लागि उत्कृष्ट ख्याल राख्नु हुने छ भन्ने दृष्टिकोणबाट निर्णय गरिन्छ।
・अभिभावकीय अधिकारसम्बन्धी छलफलहरूमा सम्झौता हुँदैन भने, अभिभावकीय अधिकार भएका आमाबुवाभन्दा छुट्टै अभिरक्षक नियुक्त गर्ने र वास्तवमै बच्चाको ख्याल राख्ने र शिक्षा दिने अभिरक्षक राख्ने विधिबारे विचार गर्न सकिन्छ। तर पनि, भविष्यमा, बच्चाको पालन-पोषण र अन्य मामिलाहरूसम्बन्धी अभिभावकीय अधिकार र अभिरक्षक बीचको विचारमा द्वन्द्वहरू हुन सक्छन् र अर्को पक्षसँगको कुराकानी धेरै ठूलो मानसिक बोझ बन्न सक्छ, त्यसैले कृपया राम्रोसँग विचार गरेपछि आफ्नो निर्णय लिनुहोस्।
・सम्बन्ध विच्छेदपछि, आमाबुवाले अभिभावकीय अधिकार प्राप्त नगरेता पनि उहाँहरू बच्चाको आमाबुवा रहनुहुन्छ। भेट र बाल सहायता भुक्तानीहरूसँग सम्बन्धित स्पष्ट सम्झौताहरू पनि गरिनुपर्छ।
・थप जानकारीको लागि, कृपया वकील वा अन्य विशेषज्ञसँग परामर्श लिनुहोस्।

03800

प्रश्न 17: सम्बन्ध विच्छेद गर्दा, बालबालिकाको अभिभावकीय अधिकार कसले पाउने छ भनी निर्धारण गर्न के-के मापदण्ड प्रयोग गरिने छ?

  • बच्चाको कल्याणको दृष्टिकोणबाट व्यापक निर्णय गरिन्छ, तर आमाबुवा-बच्चाको सम्बन्धको वास्तविक अवस्था प्रत्येक मामिलामा फरक हुने भएको हुनाले कुनै स्पष्ट मानक छैनन्।

(व्याख्या)
・अभिभावकीय अधिकार भएको आमाबुवा वा अभिरक्षक नियुक्त गर्दा विचार गर्नुपर्ने कारकहरू कानूनमा विस्तृत रूपमा निर्दिष्ट गरिएको छैन। यद्यपि, निर्णयहरू बच्चाको कल्याणको दृष्टिकोणबाट गरिन्छ।
・विशेषगरी, उमेर, लिङ्ग, शारीरिक र मानसिक अवस्था, हालको अवस्थामा समायोजन, नयाँ वातावरणमा अनुकूल गर्ने क्षमता र बच्चाका इच्छाहरू जस्ता बच्चाका परिस्थितिहरू र बच्चाको ख्याल राख्ने, बच्चाका लागि प्रभावको डिग्री, वित्तीय माध्यमहरू र जीवनयापन वातावरण जस्ता आमाबुवाहरूका परिस्थितिहरूलाई बच्चाको कल्याणको दृष्टिकोणबाट विस्तृत रूपमा विचार र निर्णय गरिन्छ।
・न्यायिक पूर्ववर्तीहरूबाट निम्न अभिप्रायहरू अवलोकन गर्न सकिन्छ।
(1) अभरक्षाको निरन्तरता
(2) यदि बच्चा शिशु भएमा आमालाई प्राथमिकता दिइन्छ
(3) यदि बच्चा निर्णय लिने उमेरको छ भने (सामान्यतया 15 वर्ष उमेर) बच्चाको इच्छाहरूको सम्मान गरिन्छ।
(4) सम्भावित हदसम्म एउटै आमाबुवाको अधिकारअन्तर्गत सहोदरहरू राखिएको
(5) एक पक्षले विवाहित व्यक्तिसँग भएको करणी जस्तो दोषी व्यवहार गरेपनि, तिनीहरूलाई स्वचालित रूपमा अभिभावकीय अधिकारको अयोग्य मानिने छैनन्।
・विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

04374

प्रश्न 18: सम्बन्ध विच्छेदको क्रममा के-केस्तो परिस्थितिहरू अन्तर्गत क्षतिपूर्ति अनुरोध गर्न सकिन्छ?

  • यदि सम्बन्ध विच्छेदको प्राथमिक कारण अन्य पक्षको दोषी व्यवहार भएमा, सम्बन्ध विच्छेदको लागि क्षतिपूर्तिको अनुरोध गर्न सम्भव छ।

(व्याख्या)
・यस अवस्थामा, दोषी व्यवहारले वैवाहिक दायित्वहरूलाई उल्लङ्घन गर्ने आचरणलाई बुझाउँछ, जस्तै विवाहित व्यक्तिसँग भएको करणी, शारीरिक वा मनोवैज्ञानिक दुर्व्यवहार वा दुर्भावनापूर्ण त्याग (जीवनयापन खर्चहरूको भुक्तानी नगर्ने, आदि)।
・अर्को पक्षको तर्फबाट दोषी व्यवहार भए तापनि, उक्त व्यवहारको सीमा सामान्य छ भने, यो क्षतिपूर्तिका लागि अनुरोध अनुमोदन गरिने छैन भन्ने सम्भावना हुन्छ।
・दुवै पक्षले दोषी व्यवहार गरेको छ भने, दुवैलाई तुलना गरिने छ र दोषी व्यवहार उच्च छ हुने पक्षले अर्को पक्षलाई भुक्तानी गर्नु पर्ने हुन्छ।
・सम्बन्ध विच्छेदको कारण सजिलैसँग मिलाउन नसकिने मतभेदहरू हुन् वा अर्को पक्ष दोषी व्यवहारमा संलग्न भएको मानिएको छैन वा दुवै पक्ष समान सीमामा दोषी व्यवहारमा संलग्न छन् भने, सम्बन्ध विच्छेदका लागि क्षतिपूर्ति सामान्यतया दिइँदैन।
・ विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

00067

प्रश्न 19: के मैले मेरो जीवनसाथीको विवाह पहिलेको प्रेम सम्बन्धमा रहेको पार्टनरबाट क्षतिपूर्ति दाबी गर्न सक्छु?

  • निम्न मामिलाहरूमा, क्षतिपूर्ति जीवनसाथी र प्रेम सम्बन्धमा रहेको पार्टनरबाट संयुक्त रूपमा दाबी गर्न सकिन्छ।
  1. साझेदारले विवादमा रहेको व्यक्तिको जीवनसाथी छ भन्ने थाहा भएर पनि अर्को व्यक्तिसँग जानाजान शारीरिक सम्बन्धहरू राख्नु भएको छ भने।
  2. साझेदारले उचित ख्याल राखेतापनि, अर्को व्यक्तिसँग असावधानी रूपमा शारीरिक सम्बन्धहरू राख्नुभएको छ भने, उहाँहरुलाई विवादमा रहेको व्यक्तिसँग जीवनसाथी हुनुहुन्छ भन्ने कुरा थाहा हुन सक्छ।

(व्याख्या)
・न्यायिक पूर्ववर्तीहरूले अतिरिक्त वैवाहिक प्रेम सम्बन्धमा रहेको पार्टनरबाट क्षतिपूर्ति दाबी गर्न अनुमति दिन्छन्। यद्यपि, प्रेम सम्बन्धमा रहेको साझेदारलाई जवीनसाथी विवाहित हुनुहुन्थ्यो र थाहा नभएकोमा अशिष्ट हुनुहुन्थेन भने, उहाँहरू क्षतिहरूका लागि जिम्मेवार हुनु हुने छैन।
・सामान्य नियम अनुसार, विवाह परगमनको समयमा पहिले नै तोडिएको थियो भने, क्षतिपूर्ति दिइने छैन। विश्वासघात गरेपछि पनि दम्पत्तिले सम्बन्ध विच्छेद गर्नुभएको छैन भने, विवाह तोडिएको छैन र त्यहाँ कुनै वास्तविक क्षति छैन भनी निर्धारित गर्न सकिन्छ।
・प्रेम सम्बन्धमा रहेको साझेदारको पारगमन र सचेतनाको कार्यसँग सम्बन्धित कस्तो प्रकारको प्रमाण आवश्यक हुन्छ भन्नेबारे थप जानकारीका लागि, वकीलको परामर्श लिन सिफारिस गरिन्छ।

00071

प्रश्न 20: के मैले सम्बन्ध विच्छेदपछि जीवनयापनका खर्चहरूका लागि दाबी गर्न सक्छु?

  • पक्षहरूबीच सम्झौता हुन्छ वा निर्णय जारी गरिन्छ भने, उक्त आधारमा दाबीका लागि दायर गर्ने सम्भावना हुन्छ तर अन्यथा सम्बन्ध विच्छेद भएपछि पूर्व जीवनसाथीको विरुद्ध जीवनयापनका खर्चहरूका लागि दाबी दायर गर्न सम्भव हुँदैन।

(व्याख्या)
・कुनै बालबालिकालाई सहायताको आवश्यकता हुन्छ भने, दुवै आमाबुवाहरू सम्बन्ध विच्छेद भएपछि पनि बाल स्याहारका खर्चहरू साझा गर्न जिम्मेवार हुन्छन् र बच्चालाई हुर्काइरहेको आमाबुवाले अन्य अभिभावकबाट बाल सहायता अनुरोध गर्न सक्नुहुन्छ।
・यसको विपरित, जीवनसाथीहरूबीच सहायताको दायित्व सम्बन्ध विच्छेदमा रोकिएपछि, व्यक्तिगत जीवनयापनका खर्चहरू पूर्व जीवनसाथीबाट दाबी गर्न सकिँदैन।
・सम्बन्ध विच्छेदको समयमा, जीवनसाथीहरूबीच वित्तिय समस्याहरू सामान्यतया सम्पत्तिको बाँडफाँड, क्षतिपूर्ति र अवकाश विभाजनबाट समाधान गरिन्छ। विशेषगरी, सम्पत्तिको बाँडफाँडको निर्णय गर्दा, रकमको मात्रा सम्बन्ध विच्छदेपछि जीवनयापनको खर्च प्रतिबिम्बित गर्न समायोजन गर्न सकिन्छ तर यसलाई सम्पत्ति विभाजनको प्रमुख उद्देश्य मानिँदैन। त्यस अनुसार, दाबी अदालतमा गरिन्छ भने, विवाहको लम्बाइ, कुनै पनि पक्ष सम्बन्ध विच्छेदका लागि आपराधिक हुनुहुन्छ वा हुनुहुन्न, अपराधको विस्तार, दुवै पक्षहरूको आम्दानी र कुनै पनि पक्ष बिमारी वा असक्षम हुनुहुन्छ वा हुनुहुन्न जस्ता विशेष परिस्थितिहरूमा बाहेक, यसलाई प्रायः ध्यानमा राखिँदैन। तसर्थ, अन्य पक्षले त्यसमा सहमति नजनाउँदासम्म वास्तविकतामा जीवनयापनका खर्चहरू प्राप्त गर्न कठिन हुने छ।

00073

प्रश्न 21: मेरो केही वर्षअघि सम्बन्ध विच्छेद भयो। के मैले मेरो पूर्व जीवनसाथीबाट क्षतिपूर्ति अनुरोध गर्न सक्छु?

  • सम्बन्ध विच्छेदको अन्तिम निर्णय लिइएको समयदेखि तीन वर्ष भित्र सम्बन्ध विच्छेदका लागि क्षतिपूर्ति दाबी गर्न सकिन्छ।

(व्याख्या)
・सम्बन्ध विच्छेदको अवस्थामा अर्को पक्ष जिम्मेवार भएको (विवाहित व्यक्तिसँग भएको करणी) कारणले गर्दा जबरजस्ती सम्बन्ध विच्छेद गरेपछि आइपर्ने भावनात्मक पीडाका क्षतिहरूको रूपमा क्षतिपूर्ति भुक्तान गरिन्छ। त्यस्तो क्षतिपूर्तिको भुक्तानी माग गर्नुको अधिकारलाई कानूनी रूपमा “नोक्सानमा आधारित क्षतिहरू दाबी गर्ने अधिकार” मानिन्छ।
・सिद्धान्तमा, क्षतिको आधारमा खराबीहरूको दाबी गर्ने अधिकार पीडित र उनीहरूको कानूनी प्रतिनिधि क्षति र अपराधकर्ताको बारेमा सचेत भएको समयदेखि तीन वर्षपछि निर्देशनद्वारा बुझाइने छ।
・सम्बन्ध विच्छेदका लागि क्षतिपूर्तिको सम्बन्धमा, सम्बन्ध विच्छेदको अन्तिम निर्णयपछि “खराबी र अपराधी ज्ञात” भएको मानिन्छ।
・यसका साथै, विवाहको अवधिमा व्यक्तिगत आपराधिक कार्यहरूका लागि क्षतिपूर्तिको दाबी गर्ने अधिकार आपराधिक कार्यको समयदेखि तीन वर्षपछि निर्देशनद्वारा बुझाइने छ। यद्यपि, पीडितको जीवन वा शारीरिक कल्याण विवाहको अवधिमा पूर्व जीवनसाथीको हिंसाद्वारा निम्तिने चोटपटक जस्ता अन्य पक्षको आपराधिक व्यवहारद्वारा खराब गरिएको थियो भने, क्षतिपूर्ति कार्यको समयदेखि पाँच वर्षभित्र दाबी गर्न सकिन्छ।
・ विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।




[नागरिक संहिताको संशोधन (दायित्वको कानून)]
・माथिको व्याख्या अप्रिल 1, 2020 मा लागू भएको संशोधित नागरिक संहिताको प्रावधानमा आधारित छ।
・कृपया संशोधन पूर्वका प्रावधानहरू प्रवर्तनको मितिभन्दा अगाडि क्षति भएका मामिलाहरूमा लागू हुन सक्छन्।

00069

प्रश्न 22: सम्पत्तिको वितरण भनेको के हो?

  • सम्बन्ध विच्छेद भएको अवस्थामा, सम्पत्तिको बाँडफाँडले सामान्यतया दम्पत्तिले आफ्नो विवाहको अवधिमा सहकार्यबाट जम्मा गरेको सम्पत्तिको निष्पक्ष दृष्टिकोणबाट दिवालियापनलाई सन्दर्भ गर्छ।

(व्याख्या)
・दम्पत्तिले आफ्नो विवाहको अवधिमा एकसाथ सम्पत्ति जम्मा गर्नुभएको छ भने, सम्पत्ति एउटा पक्षा वा अर्काको नाममा राखिएको भएतापनि, उहाँहरूले सम्पत्तिको साझेदारी दाबी गर्न सक्नुहुन्छ।
・वंशाणुगत सम्पत्ति वा विवाहको समयमा पहिले नै स्वामित्वमा लिएको सम्पत्ति जस्ता दम्पत्तिको सहकार्य (छुट्टै सम्पत्ति) सँग सम्बन्धित नभएको सम्पत्ति सम्पत्तिको बाँडफाँडसँग सम्बन्धित छैन।
・यदि पक्षहरू सम्पत्तिको बाँडफाँडका लागि सम्झौता गर्न असक्षम भएमा, न्यायाधीश र मध्यवर्ती संस्थाहरूको रूपमा कार्य गर्ने घरेलू सम्बन्ध मेलमिलाप आयुक्तसँग समस्या समाधान गर्नका लागि पारिवारिक अदालतमा मेलमिलापका लागि निवेदन दायर गर्न सकिन्छ।
・दम्पत्तिले अझैसम्म सम्बन्ध विच्छेद गर्नुभएको छैन भने, सम्पत्तिको बाँडफाँडका लागि दाबी सामान्यतया मेलमिलापमार्फत सम्बन्ध विच्छेद गर्दा दायर गर्न सकिन्छ। मेलमिलापमार्फत सम्झौतामा पुग्न सकिएन भने, सम्बन्ध विच्छेदको अभियोग दायर गर्नु र एक्लै सम्पत्तिको बाँडफाँडमा निर्णय गर्नुको सट्टा उक्त अभियोगको रूपमा दाबी गर्नु सामान्य हो।
・क्षतिपूर्ति र भुक्तान नगरिएका वैवाहिक खर्चहरूलाई सम्पत्तिको बाँडफाँडको नाममा ध्यानमा राख्न सकिन्छ।
・नागरिक संहिता अन्तर्गत, सम्बन्ध विच्छेद भएको दुई वर्षपछि सम्पत्तिको बाँडफाँडका लागि दाबी गर्न सकिँदैन।

00072

प्रश्न 23: के मैले सम्बन्ध विच्छेदपछि पनि सम्पत्तिको बाँडफाँडका लागि दाबी गर्न सक्छु?

  • सम्बन्ध विच्छेदपछि पनि, तपाईं निश्चित समयावधि भित्र सम्पत्तिको बाँडफाँडका लागि दाबी गर्न सक्नुहुन्छ।

(व्याख्या)
・सम्पत्तिको बाँडफाँडको दाबी सम्बन्ध विच्छेद भएको दुई वर्षपछि गर्न सकिँदैन।
・यदि अन्य पक्षले सम्पत्तिको बाँडफाँडको भुक्तानी गर्न सहमत जनाउँदैनन् भने, न्यायाधीश र मध्यवर्ती संस्थाहरूको रूपमा कार्य गर्ने घरेलु सम्बन्ध मेलमिलाप आयुक्तसँग समस्या समाधान गर्नका लागि पारिवारिक अदालतमा मेलमिलापका लागि निवेदन दायर गर्न सकिन्छ।
・सम्बन्ध विच्छेद भएको दुई वर्ष बितिसक्दा पनि, सम्पत्तिको बाँडफाँडको भुक्तानीका लागि अदालत बाहिरका अन्य पक्षसँग सम्झौता गर्न अझै पनि सम्भव छ। यद्यपि, पारिवारिक अदालतको प्रक्रिया अबदेखि उपलब्ध हुने छैन भनी दिइएको छ, यदि अन्य पक्षले सम्झौता गर्न अस्वीकार गरेमा, कुनै पनि सम्पत्ति प्राप्त गर्न सम्भव हुने छैन।
・यदि सम्पत्तिको बाँडफाँडबाट छुट्टै सम्बन्ध विच्छेदका लागि क्षतिपूर्ति दाबी गर्दै हुनुहुन्छ भने, सामान्य नियम अनुसार, सम्बन्ध विच्छेदपछि तीन वर्षसम्म क्षतिपूर्ति दाबी गर्न सकिन्छ।
・विशेष मामिलाहरूका लागि, हामी तपाईंलाई वकीलसँग परामर्श लिन सिफारिस गर्छौं।

00074

प्रश्न 24: म मेरो जीवनसाथीको ऋणको उत्तरदायी व्यक्ति हो भने सम्बन्ध विच्छेदपछि म अझै पनि जीवनसाथीको ऋणको उत्तरदायी रहने छु?

  • सम्बन्ध विच्छेदपछि पनि उत्तरदायी व्यक्तिका रूपमा उत्तरदायित्व रहन्छ।

(व्याख्या)
・प्रमुख ऋणी ऋणदाता (पैस ऋण दिने व्यक्ति) लाई ऋण (उधारो लिएको पैसा फिर्ता नगरेको) तिर्न असफल हुँदा प्रमुख ऋणी (अर्थात्, पैसा उधारो लिने व्यक्ति) को तर्फबाट ऋण (ऋण तिर्न) तिर्नका लागि उत्तरदायी व्यक्ति जिम्मेवार हुन्छ। यो उत्तरदायित्व उत्तरदायी व्यक्ति र ऋणदाताबीचको ग्यारेन्टी सम्झौताको आधारमा हुन्छ।
・विवाह गरेको भए तापनि दम्पत्तिको हरेक एक सदस्य अलग व्यक्ति हुनुहुन्छ र भनिएको सम्झौताअन्तर्गत अलग उत्तरदायित्व वहन गरी स्वतन्त्र भएर सम्झौतामा कानूनी रूपमा प्रवेश गर्न सक्नुहुन्छ।
・त्यसकारण, प्रमुख ऋणी भएको जीवनसाथीसँग सम्बन्ध विच्छेद गरेर मात्र उत्तरदायी व्यक्तिका रूपमा दायित्वबाट मुक्त हुने सम्भावना छैन।
・कुनै पक्ष उत्तरदायी व्यक्ति हुनबाट रोक्न चाहनुहुन्छ भने, उत्तरदायी सम्झौता रद्द गर्नका लागि उनीहरूले ऋणदातासँग छलफल गर्नुपर्छ। उक्त अवस्थामा, तिनीहरूलाई प्रमुख ऋणीसँग छलफल गर्न र वैकल्पिक उत्तरदायी व्यक्ति उपलब्ध गराउन वा अतिरिक्त धितोका रूपमा अचल सम्पत्ति (जमिन वा भवन) धितो राख्न अनुरोध गर्न सकिन्छ।
・ विस्तृत विवरणहरूका लागि वकीलसँग परामर्श लिनुहोस्।

02187

प्रश्न 25: सम्बन्ध विच्छेद गर्दा पेन्सनहरू बाँडफाँड गर्न सम्भावना हुन्छ?

  • कर्मचारी पेन्सनहरू (कल्याण पेन्सनम आपसी सहायता पेन्सन आदि) पेन्सन बाँडफाँड प्रणालीका विषय हुन्छन्।

(व्याख्या)
・सम्बन्ध विच्छेद गर्दा, कर्मचारी पेन्सनहरू (कल्याण पेन्सन, आपसी सहायता पेन्सनहरू, आदि) पेन्सन बाँडफाँड (विवाह अवधिका लागि पेन्सन रेकर्डहरूको बाँडफाँड) का लागि दाबी गर्ने विषय हुन सक्छ। राष्ट्रिय पेन्सन योजना (आधारभूत पेन्सन भाग) पेन्सन बाँडफाँडको विषय हुँदैन।
・कुनै दम्पतीले मे 1, 2008 मा वा सोभन्दा पछि सम्बन्ध विच्छेद गर्नुभयो भने, अप्रिल 1, 2008 मा वा सोभन्दा पछिको विवाह अवधिका पेन्सनका रेकर्डहरू, जुन अवधिमा कुनै एक जीवनसाथी वर्ग III अन्तर्गत बीमाकृत हुनुहुन्थ्यो, कुनै एक जीवनसाथी (श्रेणी III विभाजन) को अनुरोधमा मात्र बाँडफाँड गर्न सकिन्छ। पेन्सनका अन्य सबै रेकर्डहरू दम्पत्तिबीचको सम्झौताअनुसार बाँडफाँड गरिने छ (आपसी सहमतिअनुसार बाँडफाँड)। दम्पत्तिलाई सम्झौताका बारेमा छलफल गर्न कठिनाइ हुन्छ भने तिनीहरू पारिवारिक अदालतमा मेलमिलाप प्रक्रिया प्रयोग गर्न सक्छन्।
・सम्बन्ध विच्छेद गर्दा कुनै पक्षले पेन्सनका लाभहरू पहिले नै प्राप्त गर्न सुरु गर्नुभएको छ भने, तिनीहरूले पहिले नै प्राप्त गरेको पेन्सन (नगद वा बचतहरू) बाँडफाँड गर्न सम्भावना हुँदैन। यद्यपि पेन्सन बाँडफाँड प्रणालीबाट छुट्टाछुट्टै सम्पत्तिको बाँडफाँडको अनुरोध गर्न सम्भव हुन सक्छ।
・थप जानकारीको लागि, जापान पेन्सन सेवा, सम्बन्धित आपसी सहायता संस्था, जापानका निजी विद्यालयहरूको प्रवर्द्धन तथा आपसी सहायता कर्पोरेशन (आपसी सहायता विभाग) वा वकील जस्ता विशेषज्ञसँग परामर्श गर्न सिफारिस गरिन्छ।

00111

サブナビゲーションここから

Legal Information for Foreign Nationals(外国人のみなさまへ)


以下フッタです
ページの先頭へ